२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राम्रो खेलेपनि नतिजा आउन सकेनः कप्तान इन्दु



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले राम्रै क्रिकेट खेले पनि नतिजा आउन नसकेको बताउनुभएको छ ।

युगाण्डामा चार देश सम्मिलित टी ट्वान्टी वुमेन्स डे कपमा खराब प्रदर्शनसहित नेपाली टोली बुधवार स्वदेश फर्किएको छ । उपाधि जित्ने लक्ष्यसहित युगाण्डा गएको नेपालले कुल ६ मध्ये दुई जित र चार हार सामना गरेको थियो ।

बुधवार स्वदेश फर्किने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालकी कप्तान इन्दुले आफ्नो टोलीले खराब क्रिकेट नभइ राम्रो क्रिकेट खेले पनि दुर्भाग्यवश राम्रो नतिजा नआएको बताउनु भयो यद्यपि, उहाँले युगान्डा भ्रमणका क्रममा आफ्नो टोलीले राम्रो अनुभव बटुलेको विश्वास व्यक्त गर्नुभयो । युगाण्डा, नामिबिया र हङकङ राम्रा टिम रहेको र ती टोलीसँग खेल्न पाउनु नेपालका लागि एक्सपोजर मिलेको उनले बताउनु भयो । तर नतिजाका रूपमा श्रृंखलामा भने हाम्रो राम्रो नभएको बताउनु भयो । नेपालको जस्तै पिच कन्डिसन भए पनि नतिजा आउन नसकेको उनले स्वीकार गर्नुभयो । श्रृंखला ससाना गल्ती भइरहेको र त्यसमा आफूले नै भुमिका खेल्नुपर्ने भएपनि व्यक्तिगत रूपमा आफूबाट पनि राम्रो प्रदर्शन नभएको उहाँको भनाइ छ । आफूले पनि अझ राम्रो खेलेको भए केही खेलमा जित सम्भव रहेको कप्तान इन्दुले बताउनु भयो ।

कप्तान इन्दुले युवा खेलाडीले यस शृंखलामा राम्रो प्रदर्शन गरेको उल्लेख गर्नुभयो । ती खेलाडीले यसरी नै एक्सपोजरमा पाएमा अभैm राम्रो क्रिकेट खेल्ने विश्वास कप्तान इन्दुको छ । कप्तान इन्दुले उत्कृष्ट टोलीसँग क्रिकेट खेलेकाले एसिया क्वालिफायरका लागि तयारी प्रभावकारी भएको बताउनु भयो । नतिजा नआए पनि पहिलेको क्रिकेट शैली र अहिलेमा धेरै पक्षमा सुधार आएको उहाँको विश्वास छ । महिला क्रिकेटलाई जतिसक्दो धेरै एक्सपोजर दियो त्यति नै राम्रो नतिजा आउने सम्भावना रहेको उनी बताउनु भयो ।

कप्तान इन्दुले नतिजा आउन समय लागे पनि नेपाली महिला टोलीको भविष्य राम्रो रहेको विश्वास व्यक्त गर्नुभयो ।