२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानी कार निर्माताकम्पनीद्वारा अमेरिकी करको असरबारे चेतावनी



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सवारी साधनको आयातमा कर लगाउने योजना अघि बढाए जापानका शीर्ष कार उत्पादन कम्पनीहरूले उत्पादन कटौती गर्न बाध्य हुनसक्ने बताउनुभएको छ ।

उद्योग जापानी अर्थव्यवस्थाको एक विशाल स्तम्भ हो । जापानमा कार उत्पादन उद्योग लगभग १० प्रतिशत रोजगारी क्षेत्रसँग जोडिएको छ ।

जापानको टोयोटा विश्वको सबैभन्दा बढी बिक्री हुने कार निर्माता कम्पनी हो ।

‘जापान अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (जामा)’ का अध्यक्ष मासानोरी काटायामाले टोकियोमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी व्यापार संरक्षणवादको प्रभावबारे चेतावनी दिँदै भन्नुभयो, “अमेरिकाले लागु गर्ने भनिएको कर वृद्धि जापान, मेक्सिको र क्यानडाका निर्यातकर्तालाई लागू गरिएमा ट्रम्प प्रशासनले विचार गरिरहेको समग्र अमेरिका र जापानको अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा हामी चिन्तित छौँ ।”

ट्रक उत्पादक इसुजु मोटर्सका प्रमुख कार्यकारी समेत रहेका कातायामाले भन्नुभयो, “यदि यस्तो भयो भने उत्पादनमा उल्लेखनीय समायोजन हुन सक्छ ।”

सन् २०२४ मा जापानको २१.३ ट्रिलियन येन (१४२ बिलियन अमेरिकी डलर) को अमेरिकी निर्यातको लगभग एक तिहाई हिस्सा सवारी साधनले ओगटेको छ।

मन्त्रीहरूले आफ्ना अमेरिकी समकक्षीहरूलाई स्टील र सवारी साधन जस्ता जापानी सामानहरूमा कर छूट सुनिश्चित गर्न लबिङ गर्दै आएका छन्, तर अहिलेसम्म यी अनुरोधहरू अस्वीकार गरिएको छ।

सन् १९८६ मा ३४ लाख ३० हजार गाडी बिक्री भएकोमा सन् १९८६ मा जापानमा १३ लाख ७० हजार सवारी साधन निर्यात हुने गरेको टोयोटा, होन्डा र अन्य प्रमुख औद्योगिक कम्पनीका अधिकारीहरूको समेत सहभागिता रहेको पत्रकार सम्मेलनमा कातायामाले बताउनुभयो ।

“यी निर्यातहरू अमेरिकी मोटर चालकहरूलाई कार निर्माताको पूर्ण उत्पादन लाइनहरू प्रदान गर्न आवश्यक छन्,” उहाँले भन्नुभयो ।

कातायामाले अन्तर्राष्ट्रिय आर्थिक ’अनिश्चितता’ले लगानीसम्बन्धी निर्णयलाई थप कठिन बनाइरहेको पनि बताउनुभयो ।

उहाँले जापानी ब्रान्डहरूले अमेरिकामा रोजगारी सिर्जना गरेको र अमेरिकाको कर्पोरेट सदस्यको रूपमा काम गरेको पनि बताउनुभयो । जामाले जापानका १४ शीर्ष कार र मोटरसाइकल उत्पादकलाई समूह बनाएको छ ।