७ चैत्र २०८१, बिहीबार
March 20, 2025 Thursday

25.27°C

काठमाडौं

25.27°C

Kathmandu

Feels-like: 24.61

Wind: 4.12

Humidity: 29

Latest
नेप्से निरन्तर ओरालोतिर सांसदका प्रश्न र प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ) आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित अर्थ मन्त्रालय सुपर मिनिस्ट्रीको मानसिकतामा छैनः अर्थमन्त्री नीतिगत सुधार गरेर साना जलविद्युत् आयोजनाका समस्या समाधान गरिन्छ: मन्त्री खड्का नेपाल डिजिटल सार्वजनिक पूर्वाधार निर्माणमा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री लाइसेन्सको ट्रायल पास गराइदिने भन्दै पैसा मागेर हैरान गर्नेहरु पक्राउ बजेट निर्माणमा राष्ट्रिय योजना आयोगको भूमिका बढाउनुपर्नेमा सांसदहरुको जोड क्रिकेटर चहल र धनश्रीको ५ वर्षपछि सम्बन्धविच्छेद पर्यटन विकासका लागि हवाई सेवालाई विस्तृत र सबल बनाउन आवश्यक छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमुख्यमन्त्री शाक्य ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित



अ+ अ-

काठमाडौँ। वागमती प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई नेपाली नारीको उत्थानका निम्ति उहाँले निर्वाह गर्नुभएको अतुलनीय योगदानको कदर गर्दै लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।

प्रकाशन गृह ‘मिडिया नाइन’ ले आज ललितपुरमा एक कार्यक्रम आयोजना गरी उहाँलाई उक्त अवार्ड प्रदान गरेको हो । उपसभामुख इन्दिरा रानाले उहाँलाई उक्त अवार्ड प्रदान गर्नुभएको हो ।

त्यस अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्षसमेत रहनुभएकी शाक्यले पितृसत्तात्मक सोचबाट हामो समाज मुक्त नभएसम्म महिलालाई अवसर प्राप्त गर्न कठिन हुने बताउँदै पुरुषबराबर काम गर्न हरेक महिला सक्षम छन् भन्नुभयो । उहाँले अवसर पाएमा गरेर देखाउने सामथ्र्य महिलामा रहेको बताउनुभयो ।

नेपाली नारीलाई अन्तरराष्ट्रिय जगत्मा चिनाउन उक्त प्रकाशन गृहबाट हरेक महिना छापिने अङ्ग्रेजी पत्रिका ‘डब्ल्युओडब्ल्यु’ र ‘बिजनेस ३६० डिग्री’ले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै पत्रकारितका माध्यमबाट समाजमा चेतना अभिवृद्धि गर्न र महिलालाई सशक्त तुल्याउन अझ सक्रिय भएर लाग्न सझाउनुभयो ।

उक्त प्रकाशन गृहकी सम्पादक चारु चड्डाले नेपालको संविधानमा सुनिश्चित गरिएका महिला अधिकार पूर्णरुपले नेपाली नारीले उपयोग गर्न नपाएका बताउँदै घरेलु हिंसाका साथै हरेक क्षेत्रमा महिलालाई हतोत्साहित गर्ने मानसिकता कायम रहेको गुनासो गर्नुभयो । उहाँले भेदभावविरुद्ध सबै नारी एकजुट हुनुपर्नेमा जोड दिनुभयो । रासस