८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द

पूर्वमुख्यमन्त्री शाक्य ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित

पूर्वमुख्यमन्त्री शाक्य ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित
अ+ अ-

काठमाडौँ। वागमती प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई नेपाली नारीको उत्थानका निम्ति उहाँले निर्वाह गर्नुभएको अतुलनीय योगदानको कदर गर्दै लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।

प्रकाशन गृह ‘मिडिया नाइन’ ले आज ललितपुरमा एक कार्यक्रम आयोजना गरी उहाँलाई उक्त अवार्ड प्रदान गरेको हो । उपसभामुख इन्दिरा रानाले उहाँलाई उक्त अवार्ड प्रदान गर्नुभएको हो ।

त्यस अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्षसमेत रहनुभएकी शाक्यले पितृसत्तात्मक सोचबाट हामो समाज मुक्त नभएसम्म महिलालाई अवसर प्राप्त गर्न कठिन हुने बताउँदै पुरुषबराबर काम गर्न हरेक महिला सक्षम छन् भन्नुभयो । उहाँले अवसर पाएमा गरेर देखाउने सामथ्र्य महिलामा रहेको बताउनुभयो ।

नेपाली नारीलाई अन्तरराष्ट्रिय जगत्मा चिनाउन उक्त प्रकाशन गृहबाट हरेक महिना छापिने अङ्ग्रेजी पत्रिका ‘डब्ल्युओडब्ल्यु’ र ‘बिजनेस ३६० डिग्री’ले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै पत्रकारितका माध्यमबाट समाजमा चेतना अभिवृद्धि गर्न र महिलालाई सशक्त तुल्याउन अझ सक्रिय भएर लाग्न सझाउनुभयो ।

उक्त प्रकाशन गृहकी सम्पादक चारु चड्डाले नेपालको संविधानमा सुनिश्चित गरिएका महिला अधिकार पूर्णरुपले नेपाली नारीले उपयोग गर्न नपाएका बताउँदै घरेलु हिंसाका साथै हरेक क्षेत्रमा महिलालाई हतोत्साहित गर्ने मानसिकता कायम रहेको गुनासो गर्नुभयो । उहाँले भेदभावविरुद्ध सबै नारी एकजुट हुनुपर्नेमा जोड दिनुभयो । रासस