८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह

एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन महानिरीक्षक थापाको निर्देशन

एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन महानिरीक्षक थापाको निर्देशन
अ+ अ-

काठमाडौँ। प्रहरी महानिरीक्षक दीपक थापाले निजी स्वार्थ तथा व्यक्तिगत लाभ त्यागेर सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन मातहतलाई निर्देशन दिनुभएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित विशेष समारोहमा उहाँले प्रहरी सङ्गठनको श्रीवृद्धिमा ध्यान दिन निर्देशन दिनुभयो । नेपाल प्रहरी देशमा सुशासन, समृद्धि र दिगो विकासका दृष्टिकोणबाट अत्यन्त अपरिहार्य एवं निर्विकल्प सङ्गठन भएको चर्चा गर्दै महानिरीक्षक थापाले भन्नुभयो, “नेपाल प्रहरीको कुनै अर्को विकल्प हुनै सक्दैन । यसको विकल्प सुदृढ एवं जनउत्तरदायी नेपाल प्रहरी नै हो ।”

सबै प्रहरी कर्मचारी सङ्गठनको संस्थागत सुधार र श्रीवृद्धिमा केन्द्रित हुनुपर्ने बताउँदै सामूहिक भावना, भ्रातृत्व र आपसी एकताले मात्र सङ्गठनको सुदृढीकरण र उन्नतिको लक्ष्य हासिल गर्न सकिने विचार व्यक्त गर्नुभएको केन्द्रीय प्रहरी प्रवक्ता दिनेशकुमार आचार्यले जानकारी दिनुभयो ।

 सामाजिक सञ्जालमा केही व्यक्ति तथा समूहले विभिन्न जातजाति, वर्ग, धर्म र संस्कृतिकाविरूद्ध गलत सूचना प्रवाह गर्ने, दूष्प्रचार गर्ने प्रवृत्ति बढ्दो रहेको र त्यसबाट उत्पन्न हुनसक्ने सामाजिक विचलन रोक्ने गरी कार्यसम्पादन गर्नु आवश्यक रहेको बताउनुभयो । “चुनौतिका रूपमा रहेको साइबर अपराध, लागूऔषध ओसार–पसार, मानव तस्करी, आर्थिकलगायत अपराध अनुसन्धानका लागि थप क्रियाशील हुनुपर्छ”, महानिरीक्षक थापाले भन्नुभयो ।

‘प्रहरी कल्याण कोष सञ्चालन कार्यविधि संशोधन’

 यसैबीच नवनियुक्त प्रहरी महानिरीक्षक थापाको उपस्थितिमा आजै बसेको पोलिसी कोओर्डिनेशन कमिटी (पिसिसी) बैठकले प्रहरी कल्याण कोष सञ्चालन कार्यविधि संशोधन गर्ने व्यवस्था मिलाउन प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखालाई निर्देशन दिने निर्णय गरेको छ ।

बैठकले कोषबाट सकल दर्जाका प्रहरी कर्मचारीलाई प्रदान गर्ने सेवा सुविधामा वृद्धि  तथा कर्जाको ब्याजदर घटाउने सन्दर्भमा आवश्यक अध्ययन गर्नुका साथै कार्यविधिको समयानुकूल संशोधन तथा परिमार्जन गन सिफारिस समिति गठन गर्न निर्देशन दिएको हो ।