१५ श्रावण २०८३, शुक्रबार
,
Latest
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रिय सभा अध्यक्षको अपिल सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन दिदैनौ: शिक्षा मन्त्री रोखरेल प्रधानमन्त्री शाहद्वारा सुनसरीसहित प्रभावित क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउन योजनाबद्ध प्रयास भइरहेको दाबी मधेसमा उत्पन्न साम्प्रदायिक तनावको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न सांसद खालिदको माग भ्रष्टाचारका आरोप प्रमाणित गरेर देखाउन एमाले महासचिव पोखरेलको सरकारलाई चुनौती देवानगञ्ज गोलीकाण्डमा मृत्यु भएका दुई युवाका परिवारले शव बुझ्न मानेनन् रास्वपा पपुलिजम, अवसरवाद र अराजकताको जगमा उदाएको हो : शंकर पोखरेल मुलुकमा धार्मिक सहिष्णुता, सहअस्तित्व र सद्भाव बिग्रिँदै गएकोप्रति नेकपा सांसद अर्यालको चिन्ता सरकारले घृणा र विभाजनको राजनीतिलाई वैधता दिन खोजेको सांसद झाँक्रीको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब पत्रकारको माइकले ट्रम्पको अनुहारमा लाग्यो… (भिडियोसहित)



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुहारमा पत्रकारको माइक ठोक्किएको छ । यो घटनाको भिडियो चर्चामा छ ।

जोइन्ट बेस एन्ड्रयूजमा मार्च १४ (शुक्रबार) पत्रकार सम्मेलनको क्रममा उक्त घटना भएको हो । यसपछि ट्रम्प पत्रकारसँग रमाइलो ढंगले कुरा गरिरहेको देखियो ।

ट्रम्प वासिङ्टन डिसी छाड्नुअघि मिडियासँग कुरा गरिरहेका थिए, जब एकजना पत्रकारको माइकले ट्रम्पको अनुहारमा लाग्यो ।

ट्रम्प सुरुमा चकित भए । त्यसपछि तुरुन्तै हास्यास्पद बने । उनले हाँस्दै भने, ‘यो पत्रकारले आज टिभीमा ठाउँ बनाउने भयो । यो अहिले ठूलो खबर बनेको छ ।’ उनले त्यहाँ उपस्थित अन्य मानिसहरूलाई पनि सोधे, ‘तिमीहरूले यो देख्यौ ?’

यो भिडियो इन्टरनेटमा भाइरल भएपछि प्रयोगकर्ताहरूले यसलाई राष्ट्रपतिको सुरक्षामा लापरवाही भनेका छन् । पत्रकार ट्रम्पको यति नजिक कसरी आए भन्ने प्रश्न उठेको छ ।

जुलाई १३, २०२४ मा पेन्सिलभेनियाको बटलर शहरमा एक र्‍यालीलाई सम्बोधन गर्ने क्रममा ट्रम्पमाथि आक्रमण भएको थियो । यसै क्रममा एउटा गोली ट्रम्पको कान छोएर गएको थियो ।

 

 




भर्खरै