२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब पत्रकारको माइकले ट्रम्पको अनुहारमा लाग्यो… (भिडियोसहित)



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुहारमा पत्रकारको माइक ठोक्किएको छ । यो घटनाको भिडियो चर्चामा छ ।

जोइन्ट बेस एन्ड्रयूजमा मार्च १४ (शुक्रबार) पत्रकार सम्मेलनको क्रममा उक्त घटना भएको हो । यसपछि ट्रम्प पत्रकारसँग रमाइलो ढंगले कुरा गरिरहेको देखियो ।

ट्रम्प वासिङ्टन डिसी छाड्नुअघि मिडियासँग कुरा गरिरहेका थिए, जब एकजना पत्रकारको माइकले ट्रम्पको अनुहारमा लाग्यो ।

ट्रम्प सुरुमा चकित भए । त्यसपछि तुरुन्तै हास्यास्पद बने । उनले हाँस्दै भने, ‘यो पत्रकारले आज टिभीमा ठाउँ बनाउने भयो । यो अहिले ठूलो खबर बनेको छ ।’ उनले त्यहाँ उपस्थित अन्य मानिसहरूलाई पनि सोधे, ‘तिमीहरूले यो देख्यौ ?’

यो भिडियो इन्टरनेटमा भाइरल भएपछि प्रयोगकर्ताहरूले यसलाई राष्ट्रपतिको सुरक्षामा लापरवाही भनेका छन् । पत्रकार ट्रम्पको यति नजिक कसरी आए भन्ने प्रश्न उठेको छ ।

जुलाई १३, २०२४ मा पेन्सिलभेनियाको बटलर शहरमा एक र्‍यालीलाई सम्बोधन गर्ने क्रममा ट्रम्पमाथि आक्रमण भएको थियो । यसै क्रममा एउटा गोली ट्रम्पको कान छोएर गएको थियो ।