२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य क्षेत्र सुधार अभियान निरन्तर रहने



अ+ अ-

धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो स्वास्थ्य क्षेत्र सुधार अभियान निरन्तर रहने बताउनुभएको छ ।

आज जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयको भवन शिलान्यास गर्दै उहाँले तत्काललाई आफ्नो ध्यान एसइईलाई मर्यादित बनाउनमा केन्द्रित भएको बताउनुभयो । तर स्वास्थ्य क्षेत्र सुधार अभियान नरोकिने उहाँको भनाइ थियो ।

सो अवसरमा मुख्यमन्त्री सिंहले यातायात जस्तो व्यस्त सेवा प्रदायक कार्यालयको आफ्नै भवन नभएको अवस्थामा यो सुखद् सन्दर्भ रहेको बताउनुभयो । उहाँले यातायात कार्यालयका गलत गतिविधि बन्द गरी सेवाग्राहीलाई सेवा प्रवाह गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

त्यसैगरी मधेश प्रदेशकै श्रम तथा यातायातमन्त्री कौशल किशोर रायले यातायात क्षेत्रका बिचौलिया गतिविधि र दुरुपयोग रोक्न ‘अटोमेटिक ट्रयाल सेन्टर’सहितको कार्यालय भवन बन्न लागेको जानकारी दिनुभयो ।

कार्यालयको भवनका लागि सीताकुण्डका महन्त राम नरेश दासले एक बिघा जग्गा दान गर्नुभएको छ । मुख्यमन्त्री सिंह, श्रम तथा यातायातमन्त्री राय, यातायात कार्यालय प्रमुख धनञ्जयकुमार सिंहले संयुक्त रुपमा हिन्दु विधिअनुसार भवन निर्माणस्थलको पूजन गर्नुभएको थियो । रासस