८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छः अध्यक्ष भट्टराई

राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छः अध्यक्ष भट्टराई
अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले उत्पादन केन्द्रित विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।

उक्त पार्टीले आज यहाँ आयोजना गरेको ‘नयाँ युगको नयाँ कार्यभारः वैकल्पिक राजनीतिका अवधारणा र आधार’ विषयक अन्तरसंवादलाई सम्बोधन गर्दै उहाँले हालको अवस्थामा आर्थिक बजारलाई राज्यले खुला छाड्दा समस्या उत्पन्न भएकाले पूर्वाधारको विकास नहुँदासम्म राज्यले अपनत्व लिनु जरूरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “राज्यले नै पूर्वाधारमा लगानी गरेर आफ्नो बजार सिर्जना गर्नुपर्छ, औद्योगिकरणको पूर्वाधार तयारी गरी राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छ, नेपालको सन्दर्भमा राज्यको भूमिका बढी हुनुपर्छ भन्ने निष्कर्ष हाम्रो पार्टीको छ ।”

पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष भट्टराईले सामन्तवादको तुलनामा पुँजीवाद प्रगतिशिल भएको उल्लेख गर्दै अहिले विकासलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले लगानी वृद्धि गरेर अघि बढ्न सक्नुपर्र्नेमा जोड दिँदै विचारको बहस गर्न जरूरी रहेको बताउनुभयो । देशको समस्यामा केन्द्रित रहेर राजनीतिक शक्तिबीच छलफल जरूरी रहेको औँल्याउँदै उहाँले परिवर्तनको आकांक्षा अनुसार विकल्पको खोजी गर्नुपर्नेमा जोड दिनुभयो ।

सोही कार्यक्रममा नेपाली कांग्रेसका नेता पूर्वमन्त्री डा मिनेन्द्र रिजालले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली नेपालका लागि उपयुक्त नहुने दाबी गर्नुभयो ।

नेपालको राजनीतिक संरचना भूगोललगायतले पनि निश्चित विषयमा दलको ह्वीप नलाग्ने वा स्वतन्त्र रूपमा बस्न पाउने अवस्था लागू गर्न जरूरी रहेको उहाँको भनाइ छ । संविधान संशोधन गरेर यही व्यवस्थाबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै उहाँले नेपालले दुई छिमेकी मुलुकबाट भरपुर अवसर लिनसक्नुपर्ने बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले देशमा सङ्कट छ सबैले भन्ने तर समाधानको उपाय कसैले ननिकाल्ने अवस्थाले बाधा उत्पनन गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो मौलिकतामा कोही गएका छैनौँ, आयातित कुरामा गइरहेका छौँ । देशले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्वीकारेको अवस्थामा समाजवादमा जाने कुराको स्पष्ट बाटो दलहरूसँग छैन ।”

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को लेखा आयोगका सदस्य डा जनकराज शाहले विशिष्ट अर्थ राख्ने राजनीतिक परिस्थितिमा मुलुक रहेको उल्लेख गर्दै राजनीतिमा वितृष्णा पैदा हुने गरेको धारणा राख्नुभयो ।रासस