८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

गण्डकीका तीन लाखबढी परिवारको स्वास्थ्य प्रोफाइल तयार

गण्डकीका तीन लाखबढी परिवारको स्वास्थ्य प्रोफाइल तयार
अ+ अ-

गण्डकी।  गण्डकी प्रदेशका ७० स्थानीय तहका तीन लाख २२ हजार सात सय ७४ परिवारको स्वास्थ्य प्रोफाइल तयार पारिएको छ ।

ती परिवारका १२ लाख २१ हजार पाँच सय ७१ सदस्यहरूको विवरण अद्यावधिक गरी व्यक्तिगत स्वास्थ्य सङ्केत नम्बर प्रदान गरिएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ । सङ्घ सरकारको नीतिअनुरूप प्रदेशको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य प्रोफाइल तयार पारेको हो ।

निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काका अनुसार प्रदेशमा थप १५ स्थानीय तहमा पारिवारिक स्वास्थ्य प्रोफाइल तयार गर्न बाँकी छ । स्थानीय तहसँगको सहकार्यमा पारिवारिक स्वास्थ्य प्रोफाइल तयार गरिएको उहाँले बताउनुभयो । “परिवारका हरेक सदस्यको स्वास्थ्यसम्बन्धी सम्पूर्ण विवरण प्रोफाइलमा समेटिएको छ”, महाननिर्देशक खड्काले भन्नुभयो, “क्यूआर कोडमार्फत हरेक व्यक्तिको स्वास्थ्य विवरण सुरक्षित र अद्यावधिक गर्न मिल्ने गरी व्यवस्था हुँदैछ ।”

व्यक्तिगत स्वास्थ्य विवरण गोप्य रहने उहाँको भनाइ छ । प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङका प्रमुख घनश्याम सापकोटाले स्वास्थ्यकर्मी घरदैलोमै पुगेर तथ्याङ्क सङ्कलन गरी पारिवारिक स्वास्थ्य प्रोफाइल तयार गरेको बताउनुभयो ।

पारिवारिक स्वास्थ्य प्रोफाइलले वास्तविक सेवाग्राही सङ्ख्या पनि एकीन गर्न सजिलो भएको छ”, उहाँले भन्नुभयो, “स्वास्थ्यसम्बन्धी नीति निर्माण र योजना तर्जुमा गर्न पनि यसबाट राज्यलाई मद्दत पुग्छ ।” बिरामीको स्वास्थ्य जोखिम न्यूनीकरण गर्न र उपचारमा सहजीकरण गर्न पनि पारिवारिक स्वास्थ्य प्रोफाइलले सघाउने प्रमुख सापकोटाले बताउनुभयो ।रासस