७ पुष २०८२, सोमबार
,
Latest
विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुर्रा राँगाः नस्ल सुधार कार्यक्रम सफल



अ+ अ-

राँझा । पशुपालनका माध्यमबाट किसानको जीनस्तर उकास्ने उद्देश्यले सरकारले अघि बढाएको नश्ल सुधार कार्यक्रमअन्तर्गत मुर्रा राँगाको वीर्य परीक्षण सफल भएको छ । खजुरा गाउँपालिका–२ एल गाउँ निवासी किसान बमराज रेग्मीको भैँसीले भारतबाट ल्याइएको मुर्रा राँगाको वीर्यबाट पहिलो पाडो जन्माएको छ ।

राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगञ्ज गौघाटबाट मुर्रा राँगाको वीर्य खरिद गरी कृत्रिम गर्भाधान गराएको भैँसीले एक महिनाअघि गत माघ २६ गते राती पाडो जन्माएको किसान रेग्मीले जानकारी दिनुभयो । योसँगै उहाँले मुर्रा राँगाको वीर्य परीक्षण सफल भएको तथा उन्नत जातका पाडापाडी उत्पादनबाट भविष्यमा पशुपालनलाई आधुनिकीकरणतर्फ उन्मुख गराउन सहज हुने बताउनुभयो ।

“भैँसीमा गर्भ नरोकिने समस्या देखिएको थियो, त्यही बेला राष्ट्रिय पशु प्रजनन कार्यालयमा मुर्रा राँगा आएकाले प्रयास गरेको सफल भयो”, रेग्मीले भन्नुभयो, “स्वस्थ पाडो जन्मिएको छ, भैंसीले दूध पनि राम्रै दिएको छ ।” मुर्रा राँगाको वीर्यबाट जन्मिएको उन्नत जातको पाडोलाई हुर्काएर गाउँका अन्य भैँसीमा नस्ल सुधारमा प्रयोग गर्ने सोच बनाएको किसान रेग्मीको भनाइ छ ।

राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगञ्ज गौघाटले भारत सरकारले अनुदानमा दिएको उन्नत जातको मुर्रा राँगाबाट गत वर्षदेखि वीर्य सङ्कलन सुरु गरि किसानलाई बिक्री वितरण गर्दै आएको कार्यालय प्रमुख पशु विकास अधिकृत डा खिमानन्द खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत वर्ष मङ्सिर ६ गते नेपालगञ्ज ल्याइएका ती राँगा ७ गते राष्ट्रिय पशु प्रजनन कार्यालय गौघाट ल्याइएका थिए । नेपाल ल्याइएका १५ मुर्रा राँगामध्ये नेपालगञ्ज कार्यालयमा तीन राँगा राखिएका छन् । गौघाटमा राखिएका तीन राँगामध्ये दुईबाट वीर्य उत्पादन गरी सङ्कलन तथा किसानलाई वितरणको काम गरिएको छ ।

खजुरामा मुर्रा राँगाको वीर्यबाट जन्मिएको पाडोलाई ५० प्रतिशत मुर्रा जातको प्रमाणपत्र दिन सकिने राष्ट्रिय पशु प्रजनन कार्यालय गौघाटका पशु सेवा प्राविधिक देवनारायण जैसीले जानकारी दिनुभयो ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० को भारत भ्रमणका क्रममा भारतले नेपाललाई नश्ल सुधार कार्यक्रमका लागि उपहार स्वरुप मुर्रा राँगा प्रदान गरेको थियो ।