६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिपुलेकमा थप विवाद उत्पन्न, क्षेप्यास्त्र तैनाथ क्षेत्रका रूपमा विकसित गर्ने तयारीमा चीन



लिम्पियाधुरामा भारतीय फौजको अखडा,
अ+ अ-

लिपुलेक । दुई देशको सीमा विवादलाई लिएर कैयौं ठाउँमा मुठभेडको स्थितिमा रहेको चीन र भारतबीच नेपालले आफ्नो भूमि दाबी गर्दै नक्सामा समेत सार्वजनिक गरिसकेको लिपुलेकमा थप विवाद उत्पन्न भएको छ । लिपुलेकमा चीनले क्षेप्यास्त्र तैनाथ क्षेत्रका रूपमा विकसित गर्ने तयारीमा आवश्यक संरचनाको निर्माणकार्य शुरु गरेको सञ्चारमाध्यमहरुले दाबी गरेका छन् । हालै प्राप्त स्याटलाइट तस्वीरले पनि उक्त दाबीलाई बल मिलेको बताइएको छ । लिपुलेक त्यही इलाका हो जसलाई लिएर भारत र नेपालबीच विवाद उत्कर्षमा पुगेको छ ।

ओपन सोर्स इन्टेलिजेन्स डेट्रेस्फाले जारी गरेको स्याटलाइट तस्वीरमा लिपुलेकनजिकै ट्राइ जंक्सन क्षेत्रमा चीनले सैनिक तैनाथ गरेको मात्र नभई क्षेप्यास्त्र तैनाथका लागि निर्माणकार्यको तयारी पनि भइरहेको देखिएको बताइएको छ । डेट्रेस्फाका अनुसार यस इलाकामा सय किलोमिटर जियोइन्ट स्क्यानिङबाट पिपुल्स लिबरेसन आर्मी (पीएलए)को गतिविधि थाहा भएको हो । यहाँ जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्रका लागि साइटको निर्माण मानसरोवर तालनजिकै भइरहेको छ ।

यहाँ चीनले सैनिक पनि तैनाथ गरिरहेको सञ्चारमाध्यमले जनाएका छन् । यहाँ सन् २०२० मेदेखि संरचना र आवासका लागि तयारी भइरहेको छ । लिपुलेक इलाका नेपाल, भारत र चीनको सीमाको संगमस्थल हो । चीनले लिपुलेकमा आफ्नो सेना तैनाथ गरेको विज्ञहरुले बताएका थिए । चीनले एक बटालियन अर्थात् १ हजारभन्दा धेरै सैनिक जवान लिपुलेकनजिकै तैनाथ गरेको छ । भारतले लिपुलेक नाका हुँदै मानसरोवर यात्राका लागि नयाँ रुट बनाउने योजना गरेको छ । भारतले बनाएको ८० किलोमिटर लामो सडकलाई लिएर नेपालले आपत्ति जनाउँदा उक्त भूमिमाथि नेपालले सम्प्रभुता दाबी गरेको हो । त्यसको लगत्तै नेपालले उक्त क्षेत्रसहितको नयाँ नक्सा पारित गरेको थियो । यसमा लिपुलेकसहितको कालापानी समावेश गरिएको थियो ।

यसबीच चीनको पिपुल्स लिबरेसन आर्मी भारतसँगको सीमा विवाद रहेको पेगोंग सो र गागरा हट स्पिंग इलाकामा फाइबर अप्टिक केबल बिच्छ्याउन शुरु गरेको छ । यद्यपि यसअघि हिंसात्मक मुठभेड भएको लद्दाख र अक्साइ चीन क्षेत्रमा पनि भारी संख्यामा चिनियाँ सैनिक तैनाथ रहेको बताइएको छ । नेपाल समाचारपत्र दैनिक