२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभ्रेमा एमालेको ‘जरा अभियान’

अ+ अ-

काभ्रेपलाञ्चोक। नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रेपलाञ्चोक जिल्ला कमिटीले आजदेखि तीनमहिने वडाकेन्द्रित ‘जरा अभियान’ सञ्चालन गरेको छ । अभियानको सुरुआतमा आज बनेपामा नेता तथा कार्यकर्तालाई अभिमुखीकरण गरिएको छ ।

पार्टीको चौथो पूर्ण बैठकले आजदेखि जरा अभियान सञ्चालन गर्ने निर्णय गरेअनुसार जिल्लास्थित पार्टीका नेता–कार्यकर्तालाई एमाले स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश कमिटी इन्चार्ज राजन भट्टराई तथा पोलिटब्यूरो सदस्य तथा जिल्ला इन्चार्ज गोकुलप्रसाद बाँस्कोटाले अभियान केन्द्रित प्रशिक्षण दिए।

त्यस अवसरमा इन्चार्ज भट्टराईले सरकारले गरेका सुशासन, विकास निर्माण तथा आगामी योजना एवं समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थक बनाउन निरन्तर जनताको काममा लाग्न निर्देशन दिए।

जिल्ला इन्चार्ज बाँस्कोटाले एमालेले जिल्लाको समृद्धिको स्पष्ट खाका तयार गरेको र सोही खाकाअनुसार बजेट विनियोजन तथा नागरिकको पक्षमा थप केन्द्रित रहन आग्रह गरेका छन् ।

पार्टीका जिल्लाध्यक्ष राजन भुर्तेलले अभियानका क्रममा बाँकी स्थानीय तह तथा वडा कमिटी अधिवेशन सम्पन्न गर्ने, आगामी चैतभित्र सङ्गठित सदस्य नवीकरण, जनसङ्गठन कमिटी गठन, सरकारको समृद्धिको अभिायनलाई सफल बनाउने ‘एजेन्डा’ अघि राखेर सम्बन्धित निकायमा दबाब दिनेलगायत कार्यक्रम गरिने बताउनुभयो । अभियान आगामी वैशाख १५ गतेसम्म सञ्चालन हुने छ ।