२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो News Polar तीन वर्षदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी थियो : नैनसिंह महर News Polar वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल News Polar जलवायु जोखिम न्यूनीकरणका लागि पूर्वाधारसम्बन्धी नीति परिवर्तन गरिँदै : मन्त्री लम्साल News Polar सहमहामन्त्रीमा देवेन्द्रराज कँडेलको उम्मेदवारी दर्ता News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर News Polar महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य

महिना दिनदेखि सडक अवरुद्ध

महिना दिनदेखि सडक अवरुद्ध
अ अ+ अ-

गलकोट । अविरल वर्षात्का कारण बागलुङ नगरपालिकाको तित्याङ हुँदै भकुण्डे रायडाँडा जाने सडक महिना दिनदेखि अवरुद्ध भएको छ । अविरल वर्षात्का कारण गत साउन १ गते बागलुङ नगरपालिका–९ तित्याङस्थित बुकेनीमा ठूलो पहिरो गएका कारण महिना दिनदेखि साविकका तीन गाविस जोड्ने सडक अवरुद्ध भएको हो ।

सडक भासिएर गएको पहिराले गर्दा तत्कालै सडक खुलाउन नसकिए पनि प्रयास भइरहेको बागलुङ नगरपालिकाले जनाएको छ । महिना दिन बित्दासमेत सडकको वैकल्पिक व्यवस्था हुन नसक्नु दुखद् भएको तित्याङका राजु केसीले गुनासो गर्नुभयो । बुकेनीमा खसेको पहिरो पन्छाएर सडक सञ्चालन गर्न नसक्ने भन्दै तित्याङ वडा कार्यालयले पूर्वाधार निर्माणविना सडक सञ्चालनमा नआउने बागलुङ नगरपालिका–९ तित्याङका वडाध्यक्ष गणेश थापाले जानकारी दिनुभयो । सो सडकको बैरेनी गैरा र बागलुङ नगरपालिका–३ काठेखोलामा समेत ठूलो पहिरो गएको छ । 

भिरालो जमिन भएका कारण वैकल्पिक सडक निर्माण गर्न समेत समस्या भएको बागलुङ नगरपालिकाले जनाएको छ । साउनको पहिलो हप्ता बागलुङ जिल्लाका अधिकांश सडक  वर्षात्का कारण अवरुद्ध भए पनि पानी कम पर्न थालेपछि सडक सञ्चालन भएको तर तित्याङ, भकुण्डे र रायडाँडा जोड्ने सडक खुलाउन सकिएको छैन ।  वडा कार्यालयले सडकलाई पुरानै अवस्थामा ल्याउन रु एक करोड  रकम खर्च लाग्ने भन्दै गण्डकी प्रदेश सरकारलाई समेत आग्रह गरिएको वडाध्यक्ष थापाले जानकारी दिनुभयो । 

बागलुङ नगरपालिकाको डोजरले पहिरो पन्छाउन र नयाँ ट्रयाक खोल्न खोजे पनि हालसम्म सम्भव नदेखिएको नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । पहिराका कारण तित्याङ, भकण्डे तथा रायडाँडामा खाद्यान्न ढुवानी गर्न र  बिरामीलाई अस्पताल ल्याउनसमेत समस्या भएको छ ।