२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

कोरोना कहरकै बिच ‘नो अब्जेक्सन लेटर’ लिन बाटो खुला

कोरोना कहरकै बिच  ‘नो अब्जेक्सन लेटर’ लिन बाटो खुला
अ अ+ अ-

काठमाडौँ। कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमणबाट गम्भीर रूपमा प्रभावित भएको शिक्षा क्षेत्रमा विस्तारै चलायमान हुने सङ्केत देखिएको छ । यस क्रममा सरकारले विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीलाई आवश्यक पर्ने ‘नो अब्जेक्सन लेटर’ लिन बाटो खुला गरेको छ । त्रिभुवन विश्वविद्यालयले लामो समयदेखि सम्पर्कविहीन सबै तहका विद्यार्थीको खोजी कार्य सुरु गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नो अब्जेक्सन लेटरको अनुमति दिने गरी बाटो खोल्न गरेको सिफारिसलाई कार्यान्वयन गर्न मन्त्रिपरिषद्ले बाटो खोलेको जनाइएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले मन्त्रालयले विदेशमा पढ्न जानका लागि विद्यार्थीलाई चाहिने ‘नो अब्जेक्सन लेटर’ दिन सरकारसित अनुमति माग गरिएको जानकारी दिनुभयो । सरकारले त्यसका लागि दिएको स्वीकृतिपत्र मन्त्रालयमा प्राप्त हुन भने बाँकी रहेको जनाइएको छ ।

सरकारको पत्र प्राप्त भएलगत्तै अब विद्यार्थीलाई बाहिरी मुलुकमा अध्ययनका लागि जाने बाटो खुल्नेछ । विद्यार्थी तथा अभिभावकको चरम दबाबपछि मन्त्रालयले अनुमतिका लागि मन्त्रिपरिषद्सित स्वीकृति माग गरेको जानकारी शिक्षा मन्त्रालयका अधिकारीहरूले दिएका छन् । मन्त्रालयका उच्च शिक्षा महाशाखा प्रमुख एवं सहसचिव रामशरण सापकोटाले विदेशमा पढ्न पाउने विद्यार्थीको अधिकारको सरकारले वञ्चित गरेको गुनासो थेग्न कठिनाइ भएको बताए। सरकारले विद्यार्थीलाई नो अब्जेक्सन लेटर दिन लिखित रूपमा आफूलाई अनुमति दिएको अवस्थामा यसका लागि प्रक्रिया थाल्ने जानकारी उनले दिए । अन्तर्राष्ट्रिय हवाई उडान प्रारम्भ हुन नसकेको अवस्थामा नेपाली विद्यार्थी विदेशी विद्यालयमा भर्ना हुन सहज भने नभएको जनाइएको छ । यो अवस्थामा नेपाली विद्यार्थीले अनलाइनकै माध्यमबाट विदेशी विश्वविद्यालयको विद्यार्थीका रूपमा अध्ययन गर्ने सम्भावना देखिएको जनाइएको छ ।

नेपालबाट ८० प्रतिशतभन्दा बढी विद्यार्थी व्यवस्थापन विषयको उच्च शिक्षा अध्ययनका लागि विदेश जाने गरेका छन् । बीस प्रतिशत विद्यार्थी चिकित्सा शास्त्र, इन्जिनियरिङ लगायत विषयमा अध्ययनका लागि जाने गरेको पाइएको छ । विदेशी मुलुकमा पनि कोरोना सङ्क्रमण कायमै रहेको तथा रोजगारीका क्षेत्र सङ्कुचन भएकाले नेपाली विद्यार्थीलाई सहज नहुने अनुमान अधिकारीहरूले गरेका छन् । नेपालबाट सबैभन्दा धेरै विद्यार्थी अस्ट्रेलिया, जापान, अमेरिका, बेलायत, क्यानडा लगायत मुलुकमा जाने गरेका छन् । पछिल्लो समय साइप्रससमेत धेरै विद्यार्थी जाने गरेका छन् । यसैबीच त्रिभुवन विश्वविद्यालयले महिनौँसम्म सम्पर्क बाहिर रहँदा स्थगित परीक्षाको तयारी तथा अनलाइन कक्षा सञ्चालनमा समस्या भएको भन्दै विद्यार्थीको खोजी कार्य सुरु गरेको छध्र सेमेस्टर प्रणालीमा सञ्चालित स्नातकोत्तर तहको कक्षाहरू सुचारु हुन थालेपछि विश्वविद्यालयले अब स्नातक तहका विद्यार्थीको खोजी कार्य सुरु गरेको हो ।

विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले अब आफूहरूको ध्यान स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीतर्फ गएको उल्लेख गर्दै विद्यार्थीलाई छिटो सम्पर्कमा आउन सार्वजनिक रूपमा नै आह्वान गरिएको जानकारी दिए । हालसम्म स्नातक तहका झण्डै ९० हजार विद्यार्थी सम्पर्कविहीन रहेको जानकारी विश्वविद्यालयले दिएको छ । विश्वविद्यालयले गत चैत महिनादेखि स्नातक तहको वार्षिक प्रणालीमा सञ्चालित कक्षा नियमित रूपमा सञ्चालन गर्न नसकेका कारण हजारौँ विद्यार्थी सम्पर्क बाहिर रहेको जनाइएको छ । विद्यार्थी खोज्नका लागि अब हरेक क्याम्पसले पहल थाल्ने शिक्षाध्यक्ष भुसालले जानकारी दिए । वार्षिक परीक्षा प्रणालीमा विद्यार्थीको भर्ना, कक्षा तथा परीक्षा सञ्चालन गर्ने गरिएका कारण विद्यार्थीसित सम्पर्क स्थापित गर्न केही समस्या भएको शिक्षाध्यक्ष भुसालले बताए । विश्वविद्यालयले सेमेस्टर प्रणालीका विद्यार्थीको पठनपाठनलाई विस्तारै व्यवस्थित गरिए पनि वार्षिक प्रणालीका विद्यार्थीको हकमा भने अझै समय लाग्ने देखिएको
जनाइएको छ । गोरखापत्र दैनिक