२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी

आज नेपाल आइडल सिजन-३ को फाइनल: कस्ले मार्ला बाजी ?

आज नेपाल आइडल सिजन-३ को फाइनल: कस्ले मार्ला बाजी ?
अ अ+ अ-

काठमाडौं । देशले आज तेस्रो नेपाल आइडल प्राप्त गर्दैछ । शुक्रबार स्टुडियोमा आयोजना हुने गायन रियालिलिटी सो ‘नेपाल आइडल–३’ को ग्रान्ड फिनालेमा यसको विजेता घोषणा गरिने छ । विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै उत्कृष्ट ३ मा पुगेकामध्येबाट तेस्रो नेपाल आइडल घोषणा हुन लागेको हो । एपी वान एचडीबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको यो रियालिटी सो नेपाली सांगीतिक इतिहासको सर्वाधिक रुचाइएको कार्यक्रम हो । प्रतिस्पर्धाको उत्कृष्ट ३ मा सज्जा चौलागाईं, प्रवीण बेडुवाल र किरणकुमार भुजेल पुगेका छन् ।

हजारौंबाट छानिएर उत्कृष्ट ३ मा पर्न सफल भएका उनीहरूले पाएको भोटको आधारमा विजेता चयन हुनेछ । विजेताले ‘नेपाल आइडल–३ को उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यसैगरी फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गर्नेछन् । अन्य हप्ताको कार्यक्रम जस्तै शुक्रबारको कार्यक्रममा सीमित मानिस र दर्शकको उपस्थितिमा नेपाल आइडल–३ को विजेता घोषणा गरिने प्रोजेक्ट हेड सुरेश पौडेलले जानकारी दिए । पौडेलका अनुसार कोभिड—१९ का कारण ग्रान्ड फिनाले सामान्य तवरमै सञ्चालन गर्न लागिएको हो । लकडाउन भएको थिएन भने गत चैतमै कार्यक्रम सम्पन्न भइसक्थ्यो । कोरोनाका कारण रोकिएको कार्यक्रम करिब तीन साताअघि पुनः सुरु भएको थियो । कार्यक्रमको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्युु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा रहेका छन् ।

नेपाल आइडल यस्तो एउटा मञ्च हो जसले हर कोहीलाई अवसर दिन्छ । यसले दूरदराजमा लुकेर रहेका प्रतिभालाई अगाडि बढ्न समान अवसर दिन्छ । नेपाली सांगीतिक इतिहासमा बेग्लै उचाइ कायम गरेको नेपाल आइडल हरेकको सपना हो । यसअघि बुद्ध लामा र रवि ओडले यो उपाधि चुमिसकेका छन् ।

उत्कृष्ट तीन प्रतिस्पर्धी

सज्जा चौलागाईं

मोरङ पथरीकी सज्जा चौलागाँई नेपाल आइडलकी उत्कृष्ट प्रतियोगी हुन् । नेपाल आइडलमा छनोट भएसँगै उनको रक पप र भर्सटायल गायकीको चर्चा हुन थाल्यो । उनको प्रस्तुति र बोल्ड स्वरको हरेक कार्यक्रममा प्रशंसा हुने गर्छ । कक्षा ८ मा पढ्दा स्कुलमा भएको गायन प्रतियोगितामा उनले पहिलो स्थान प्राप्त गरिन् । बाबा मोरङमा र आमा साइप्रसमा भएकी सज्जा आफ्नो भाइसँगै हुर्किएकी हुन् । ठमेल, दरबारमार्ग तथा कमलपोखरी क्षेत्रमा रहेका लाउन्जहरूमा उनी लाइभ गीत गाउने गर्थिन् । उनको ‘दी लोडिङ’ नामक ब्यान्ड थियो । कलेज पढ्दै, लाइभ गीत गाउँदै उनको दैनिकी चलिरहेको थियो । लाउन्जहरूमा हिन्दी, रक र अंग्रेजी गीत बढी गाउनुपथ्र्यो । तीनदेखि चार घण्टा निरन्तर गीत गाउनुपथ्र्यो ।

प्हिलो पटक उनले फ्लेवर्स रेस्टुरेन्ट तारागाउँमा गाएकी थिइन् । गाएर कमाएको पहिलो कमाइ पाँच सय रपैयाँ थियो । उनका आमाबुवाले गाउन सधैं सहयोग गर्छन् । ब्याचलर्सकी विद्यार्थी सज्जा नेपाल आइडल सिजन–३ को अडिसनले यता तानिएकी हुन् । सुरुमा उनले डिजाइनर बन्ने सपना बोकेकी थिइन् तर गीतले उनलाई पछ्याइरह्यो । गायनमै अगाडि बढ्छु भन्ने त थिएन तर लाइभ गायन र नेपाल आइडलले उनलाई गायनबाट अलग हुन नसक्ने बनायो । नेपाल आइडलमा अरूले गाएको सुन्दा यत्तिको त म पनि गाउन सक्छु भन्ने लाग्थ्यो उनलाई । गायक सविन राईकी फ्यान सज्जा नेपाल आइडलले आफूलाई संगीतसँग अझ नजिक बनाएको बताउँछिन् । हरेक प्रतियोगी एकसे एक भएकाले आफू नै विजेता बन्नेमा ढुक्क भने छैनन् उनी । ‘टप फाइभमा पुग्नु पनि ठूलो उपलब्धि हो’, उनले सुनाइन् ।

प्रवीण बेडुवाल

बर्दिया राजापुरका प्रवीण नेपाल आइडल सिजन–३ का अब्बल प्रतियोगी हुन् । कार्यक्रममा उनको स्वर र प्रस्तुतिले निर्णायक तथा दर्शकको मन जितेको छ । शास्त्रीय संगीतका विद्यार्थी बेडुवाल जब नेपाल आइडलको स्टेजमा उत्रन्छन् उनी आफूलाई नै बिर्सन्छन् । गायन अवधिभर गीतमै डुब्छन् । हरेक इपिसोडमा अब्बल गाउने प्रवीण शान्त स्वभावका छन् । उनी भारतको तमिलनाडुमा हुर्किएका हुन् । इन्डियन आर्मीमा आबद्ध उनका बुवाले गायनका लागि उनलाई कहिल्यै सहयोग गरेनन् । उनका बुवाले प्रवीण पनि आर्मीमै जागिर खाओस् भन्ने सोच्थे । बुवाले भनेपछि कसैले पनि नाइँ भन्न सक्दैनथे । प्रवीण गाउन नछाड्ने, उनका बुवाले गीत गाएको सुन्न नसक्ने । बुवाले एक दिन प्रवीण सामु एउटा प्रस्ताव राखे । ‘प्रवीण कि गाउन छाडिदे कि घर ? प्रवीणले घर नै छाडिदिए । त्यसपछि हजुरआमासँग बसे । उनका हजुरबुवा सानोमै भारत पसेका थिए । उतै व्यापार गरे । छोराछोरी उतै हुर्काए । तर पनि उनलाई भनिरहन्थे, ‘यो हाम्रो ठाउँ होइन है । नेपालमै फर्कनुपर्छ, केही गर्नुपर्छ ।’ नेपालमै सरकारी जागिर खानुपर्छ भन्ने सोच थियो । हजुरबुवा आफ्नै देशमा काम गर्न उक्साउँथे । यसैले पनि प्रवीणमा नेपालमै केही गनुपर्छ भन्ने भावना जागेको थियो ।

प्रयाग संगीत विश्वविद्यालय इलाहाबादबाट शास्त्रीय संगीतमा उनले ब्याचलर्स गरेका छन् । संगीतलाई अगाडि बढाउने भन्दै उनी नेपाल पनि आएका थिए तर यहाँको वातावरण राम्रो लागेन उनलाई । उनी तमिलनाडु नै फर्किए । त्यहाँ गएपछि पनि उनी गीतसंगीतमै निरन्तर लागिरहे । उनलाई परिपक्व गायक बन्नु थियो ।

नेपाल आइडल सिजन–३ को अडिसन चलिरहेको थियो । बुटवल अडिसन हुँदा उनी चितवनमा थिए । नेपाली गीतसंगीत सुनेर हुर्किएका प्रवीण नेपाली भाषाका गीत पनि उत्तिकै राम्रो गाउँथे । उनका नेपाली साथीले नेपाल आइडलमा जाने सल्लाह दिए । उनी पहिलो टेकमै छनोट भए । काँचो फलफूल बजारमा लग्यो भने कसैले किन्दैन भन्ने विचार राख्ने प्रवीण परिपक्व बनेर मात्रै संगीतमा आउनपर्छ भन्ने सोच राख्थे । यसैले पनि निकै मेहनत गरिरहेका छन् । त्यसैले त उनका हरेक प्रस्तुति अब्बल हुने गर्छन् । उनलाई जित्नैै पर्छ भन्ने लाग्दैन । नेपाल आइडल एउटा उचित प्लेटफर्म भएकाले यहाँसम्म पुग्नु नै आफ्ना लागि विशेष उपलब्धि भएको ठान्छन् उनी ।

किरण कुमार भुजेल

महोत्तरी बर्दिबासका हुन्, किरण कुमार भुजेल । उनी वाइल्ड कार्ड इन्ट्रीमार्फत नेपाल आइडलमा पुनः भित्रिएका हुन् । पुनरागमसँगै उनले कार्यक्रममा तहल्का पिटिरहेका छन् । उनले सबै कार्यक्रममा दमदार प्रस्तुति दिएका छन् । उनी केही वर्षदेखि नेपाली संगीतमा संघर्ष गरिरहेका थिए । सामान्य किसान परिवारमा हुर्किएका किरणलाई संगीत सिक्ने रहरले संघर्ष र अभावको बाटोमा लामै हिँडएको छ । नेपाल आइडल आउनुअघि नै उनले केही गीत सार्वजनिक गरिसकेका थिए । कुशल गायक बन्ने सपनाले उनलाई अभावको बाटो पार गर्न हौसला दियो ।

गाउँमा भैंसी चराउन जाँदा होस् या धान रोप्न खेत पस्दा होस् उनले दाजु सुमनसँगै गीत गाउने अभ्यास गर्थे । इन्डियन च्यानलमा आउने सांगीतिक रियालिटी सो हेरेर उनले नेपालमा पनि यस्तै स्टेज होस् भन्ने कल्पना गर्थे । आज उनको त्यो सपाना नेपाल आइडलले साकार पारिदिएको छ । नेपाल आइडललाई सुरुआतदेखि नै पछ्याएका भुजेल पहिलो सिजनमा थिएटर राउन्डसम्म पुगेर बाहिरिएका थिए । पिठ्यूँमा स्याउलाको भारी बोलको कर्णप्रिय गीत गाउँदै सिजन— ३ को अडिसनमा छनोट भएका थिए उनी । उनीभित्रको गायन क्षमताले उडानको सपना देखिरहेको थियो । उनी संगीत सिक्न काठमाडौंको ललितकलामा भर्ना भए । अनि मात्रै सुरु भयो उनको सांगीतिक संघर्ष । अन्नपुर्णपोष्ट दैनिक