२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी

प्रदेश २ मा मुख्यमन्त्रीसहित सबै मन्त्री परिवर्तन गर्दै जसपा

प्रदेश २ मा मुख्यमन्त्रीसहित सबै मन्त्री परिवर्तन गर्दै जसपा
अ अ+ अ-

काठमाडौं । प्रदेश २ मा सरकार गठन गरेको जनता समाजवादी पार्टी (जसपा) ले मुख्यमन्त्रीसहित सबै मन्त्री परिवर्तन गर्ने भएको छ । मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरूको कार्यसम्पादन राम्रो नभएको भन्दै जसपाले सरकार परिवर्तन गर्न लागेको हो । मुलुकमा सात प्रदेश रहेकामा ६ वटामा नेकपा नेतृत्वको एकल सरकार छ । प्रदेश २ मा जसपाले एकल सरकार बनाएको छ । राजपा र संघीय समाजवादी मिलेर २ नम्बर प्रदेशमा सरकार गठन गरेको भए पनि अहिले ती दल मिलेर जसपा बनेको हो । जसपा नेतृत्वले २ नम्बर प्रदेशका मुख्यमन्त्री राउतको अढाई वर्षे कार्यकाल पार्टीले सोचेअनुसारको प्रतिफल दिन नसकेको निष्कर्षसहित पूरै टिम परिवर्तन गर्नुपर्ने निष्कर्ष निकालेको हो । पार्टी घोषणापत्र, मधेस आन्दोलनको भावना तथा जनताको चाहनाअनुसार राउत सरकारले काम गर्न नसकेको जसपाको निष्कर्ष रहेको छ ।

मुख्यमन्त्री राउत तत्कालीन समाजवादी पार्टीबाट संसदीय दलको नेता चयन भएका थिए । राजपाबाट संसदीय दलको नेतामा जितेन्द्र सोनल छानिएका थिए । सोनल अहिले भौतिक योजना मन्त्री छन् । दुई दल एकीकरण भएकाले २ नम्बर प्रदेशमा जसपाको संसदीय दलको नेता चयन गर्नुपर्ने अवस्थासमेत आएको छ । अब पार्टी एकीकरण भइसकेको अवस्थामा दुई जना संसदीय दलको नेता नहुने र नयाँ बन्ने नेता नै मुख्यमन्त्री हुने जसपा स्रोतले जनाएको छ । जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवका साथै वरिष्ठ नेतात्रय अशोक राई, डा। बाबुराम भट्टराई र राजेन्द्र महतोले २ नम्बर प्रदेश सरकार परिवर्तन गर्ने विषयमा गम्भीर आन्तरिक तयारी थालेको स्रोतको दाबी छ । जसपा सचिवालयमा रहेका पाँचै जना नेतालाई मनिष सुमन, पारस साह, किशोरी यादव, शारदाशंकर कलवार, विन्देश्वर यादव, बावुलाल साह, कौशल यादव, प्रहलाद गिरी, सञ्जय यादव, अशोक यादवसहित १५ भन्दा बढी प्रदेश सांसदहरूले गत साता भेटेरै सरकार गठनका बारेमा छलफल गरेका छन् ।

सचिवालयमा रहेका पाँचै जना नेताले केन्द्रबाट तोकेर कसैलाई पनि संसदीय दलको नेता नबनाउने भन्दै दलको नेता सांसदहरू आफैँले लोकतान्त्रिक पद्धतिअनुसार चयन गर्नुपर्ने जनाएका छन् । ‘हिजोको जस्तो माथिबाट तोकेर संसदीय दलको नेता चयन गरिँदैन, तपाईंहरू आफैँ लोकतान्त्रिक प्रक्रियाअनुसार चयन गर्नुहोला । हाम्रो हस्तक्षेप वा सहयोग कसैलाई पनि हुँदैन,’ सचिवालयमा रहेका पाँचै जना नेताले भनेका छन्, ‘माथिबाट तोकेर नेता चयन गर्दा पार्टी घोषणापत्र, मधेस आन्दोलनका साथै जनताको चाहनाअनुसार सरकारले काम गर्न सकेन ।’ संसदीय दलको नेता सांसद आफैँले चयन गर्ने र उही मुख्यमन्त्री हुने शीर्ष नेताहरूले स्पष्ट पारेका छन् । मुख्यमन्त्री हुनेले आफै मन्त्रिपरिषद् विस्तार गर्ने र यसरी गर्दा सरकारको काम प्रभावकारी हुनेमा उनीहरू विश्वस्त छन् ।अहिले २ नम्बर प्रदेशमा रहेका मन्त्रीहरूलाई विभिन्न आरोप लाग्दै आएकामा सचिवालयका नेताहरूले चिन्तासमेत व्यक्त गरेका छन् ।

यस्ता छन् मुख्यमन्त्रीका दाबेदार

२ नम्बर प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुने तयारी भइरहेकै बेला नयाँ बन्ने मुख्यमन्त्रीले आफ्नो दाबेदारी प्रस्तुत गर्दै रणनीति बनाउन थालेका छन् । उता, मुख्यमन्त्री राउत आफै पनि फेरि मुख्यमन्त्री बन्ने सोचमा छन् । भौतिक मन्त्री सोनल पनि मुख्यमन्त्रीको दाबी गर्न थालेका छन् । अर्थमन्त्री विजय यादव, सांसद मनिष सुमन, उपेन्द्र महतोसहित दर्जनभन्दा बढी नेताहरू नयाँ मुख्यमन्त्रीका दाबेदार रहेका छन् । संसदीय दलको नेता भए सर्वसम्मत नभए निर्वाचनबाट पनि हुने रणनीतिमा यी नेताहरू रहेको जसपा स्रोतले जनाएको छ । सरकारमा रहेका राउत, सोनल, यादवलाई सर्वसम्मत संसदीय दलको नेता बनाउने पक्षमा सचिवालयका कुनै नेता देखिएका छैनन् । सरकारमा भएकाले यी मन्त्रीहरू भ्रष्टाचारमा लिप्त रहेको आरोप लाग्दै आएका कारण संसदीय दलको नेता हुने सम्भावना कम रहेको जसपा स्रोतको दाबी छ ।

सरकारमा नभएका तर प्रभावकारी काम गर्न सक्ने क्षमता भएका अन्य नेतालाई संसदीय दलको नेता बनाउने र उसैलाई मुख्यमन्त्री बनाएर जनताको काम सम्बोधन गर्ने पक्षमा सचिवालयका नेताहरू रहेका छन् । यी दाबेदारमध्ये सुमन शक्तिशाली देखिन्छन् । जसपाभित्रको शक्ति सन्तुलनअनुसार महतोले इच्छा राखेको भए पनि उनी निर्वाचन लड्ने पक्षमा छैनन् । निर्वाचन भएको अवस्थामा राउत, सोनल र सुमन भिड्ने पक्कापक्की रहेको छ । जसपा सांसद पारस साहले पार्टी एकीकरण भएपछि अब संसदीय दलको नेता पनि एउटै हुने बताए । ‘अब जो संसदीय दलको नेता हुन्छ, उही नयाँ मुख्यमन्त्री बन्ने निश्चित छ,’ उनले भने । राजधानी दैनिक