४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा डेल रेमा रियल विजयी



अ+ अ-

काठमाडौँ । स्पेनिस सुपर कप (कोपा डेल रे)मा रियल मड्रिडले जित निकालेको छ ।

गएराति भएको पहिलो लेगको खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई उसकै घरेलु मैदानमा १–० गोलले हराएको हो ।

मड्रिडलाई जित दिलाउन एकमात्र निर्णायक गोल एन्ड्रिकले गरे । उनले पहिलो हाफको १९ औं मिनेटमा गोल गरेका हुन् । जितसँगै रियलले १–० को अग्रता लिएको छ ।

अब दोस्रो लेग १ अप्रिलको मध्यरातमा मड्रिडको घरेलु मैदान सान्टियागो बर्नबेउमा हुनेछ ।