२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

कोरोनाको कहर कारागारमा, देशका सात वटा कारागारमा रहेका कैदी बन्दीमा कोरोना संक्रमण देखियो

कोरोनाको कहर कारागारमा, देशका सात वटा कारागारमा रहेका कैदी बन्दीमा कोरोना संक्रमण देखियो
अ अ+ अ-

काठमाडौं । देशका विभिन्न जिल्लामा रहेका ७१ कारागारमध्ये सात वटा कारागारमा रहेका कैदी बन्दीमा कोरोना संक्रमण देखिएको छ । राजधानीको जगन्नाथ देवलस्थित केन्द्रीय कारागार, वीरगन्ज, बाँके, सुनसरीको झुम्का, सिराहा, स्याङ्जा र सिन्धुपाल्चोक कारागारमा रहेका कैदी बन्दीमा कोरोना संक्रमण देखिएको हो । आइतबार मात्रै केन्द्रीय कारागारका ३५ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले जानकारी दिए । कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षि सापकोटाले देशभरका ७१ कारागारमध्ये सात वटामा संक्रमण देखिएको बताए । उनका अनुसार ती सात कारागारमा रहेका कैदी बन्दी, सुरक्षाकर्मी र कर्मचारीमध्ये ६ सय ५८ जनाको पिसिआर विधिबाट स्वाब परीक्षण गर्दा १ सय ३१ जनामा संक्रमण पुष्टि भएको थियो ।

आइतबार थप भएका ३५ कैदीबन्दीसहित सो संख्या १ सय ६६ पुगेको छ । आइतबार साँझ केन्द्रीय कारागारमा थप भएका ३५ जना कैदी बन्दीसहित संक्रमित कैदी बन्दीको संख्या देशभर ७२ बाट बढेर १ सय ७ पुगेको छ । यसबाहेक कारागार सुरक्षामा खटिएका ५२ सुरक्षाकर्मी र सात कर्मचारीमा समेत हालसम्म संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये हालसम्म ४८ जना कैदी बन्दी उपचारपछि संक्रमण मुक्त भइसकेका छन् भने अन्य कैदीबन्दी विभिन्न स्थानमा रहेका कोभिड अस्पतालहरूमा उपचाररत छन् । यसैगरी १८ जना सुरक्षाकर्मी निको भइसकेका छन् भने ३४ जना उपचाररत छन् । यस्तै, सात कर्मचारीमध्ये ६ जना निको भइसकेका छन् भने एक जना उपचाररत छन् । कारागार व्यवस्थापन विभागका सूचना अधिकारी सापकोटाले कारागारमा रहेका कैदी बन्दीसहित सुरक्षाकर्मी र कर्मचारीलाई कैदीबन्दीलाई अस्पताल वा अदालत लैजाँदा संक्रमण सरेको हुन सक्ने बताए ।

‘कारागार आफैंमा आइसोलेसन हो, त्यहाँभित्र बाहिरका व्यक्तिसँगको भेटघाट बन्द छ, अदालत वा अस्पताल लाँदा–ल्याउँदा संक्रमण सरेको हुन सक्छ, कताबाट फैलियो भन्ने थाहा छैन,’ सापकोटाले भने । देशभरका कारागारमा हाल २४ हजार १ सय ६३ कैदी बन्दी छन् । तर, देशभर १६ हजार कैदी बन्दी मात्रै राख्न सक्ने क्षमता छ । कतिपय स्थानका कारागारमा क्षमताभन्दा बढी कैदी बन्दी राखिएका छन् । कारागार प्रशासनले कारागारभित्र कैदी बन्दीहरूलाई सामाजिक दुरी कायम गरेर राख्नै समस्या भएको बताउँदै आएको छ । ‘बाहिर जस्तो कारागारभित्र सामाजिक दुरी कायम गर्न सकिने अवस्था छैन, हामीसँग त्यस किसिमको कारागारको संरचना पनि छैन,’ एक कारागार प्रशासनका कर्मचारीले भने । कैलालीमा कारागारमा कैदी बन्दी राख्न समस्या भएपछि महिला कैदी बन्दीहरू बस्ने वार्ड खाली गराएर बर्दिया र दैलेख सारिएको छ ।

यसैगरी, संक्रमणको जोखिमसँगै स्थान अभाव भएपछि केन्द्रीय कारागारमै रेडक्रसले दिएको टेन्टभित्र कैदी बन्दीलाई राखिएको छ । सुनसरीको झुम्का कारागारमा समेत आन्तरिक मामिला तथा कानुन मन्त्रलयले दिएको टेन्ट प्रयोग गरिएको छ । कारागार व्यवस्थापनले संक्रमण सुरु भएदेखि नै सावधानी अपनाउँदै कारागारमा रहेका कैदी बन्दीहरूसँग हुने आफन्तको भेटघाट बन्द गराएको छ भने परिवारबाट भेटघाटमा आउँदा ल्याइने खाना दिन बन्द गराएको छ ।

कैदी बन्दीहरूसँगको पारिवारिक भेटघाट बन्द गराएपछि कारागार व्यवस्थापनले हरेक कारागारमा परिवारसँग सम्पर्क गर्न भन्दै टेलिफोन संख्या बढाइदिएको छ । हाल केन्द्रीय कारागारमा मात्रै कैदी बन्दीका लागि २५ सेट टेलिफोन राखिएका छन् । राजधानी दैनिक