९ असार २०८३, मंगलवार
,
Latest
इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित पोखरा बसपार्कका ५२० संरचना हटाइयो रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध ‘स्ट्रेट अफ हर्मुज’मा सेवा शुल्कसम्बन्धी अध्ययन गर्ने इरान र ओमानको सहमति गृहमन्त्रीले अम्लेट खाँदा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना रास्वपाको सिद्धान्त– सामाजिक लोकतन्त्रः रवि लामिछाने इरान उच्चस्तरीय आणविक निरीक्षणमा सहमत भएको ट्रम्पको दाबी द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन श्रीलङ्कामा डेङ्गु सङ्क्रमण, नियन्त्रणका लागि राष्ट्रव्यापी अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमन्त्री घिमिरेलाई ‘परशुराम–शकुन्तला स्मृति सम्मान’



अ+ अ-

काठमाडौ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता लक्ष्मणप्रसाद घिमिरेलाई यस वर्षको ‘परशुराम–शकुन्तला स्मृति सम्मान’ ले सम्मानित गरिएको छ ।

प्रत्येक वर्ष दिइने यो पुरस्कार यस वर्ष पूर्वी पहाडको दुर्गम स्थानमा जन्मेर पनि प्राविधिक विशेषज्ञता, समाजसेवा, समाजोपयोगी आध्यात्मिक चेतना र राजनीतिक नेतृत्वसमेत लिई योगदान गर्नुभएका, आफ्ना विचार निर्भीकतापूर्वक सम्प्रेषण गरी रूपान्तरणका पक्षमा योगदान गरिरहनुभएका घिमिरेलाई सम्मान गर्ने निर्णय गरिएको परशुराम शकुन्तला स्मृति प्रतिष्ठानले जनाएको छ ।

‘परशुराम–शकुन्तला स्मृति सम्मान’ द्वारा सम्मानित व्यक्तित्व घिमिरेले धर्म, संस्कृतिको संरक्षणका लागि कतैबाट काम नभएका बेला विभिन्न पुरस्कार एवं सेवाका माध्यमबाट प्रतिष्ठानले गरेका कामको प्रशंसा गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष काशीराज दाहालले समाजमा कानुन स्थापना र राजनीतिमा नैतिक पक्ष सबल बनाउन शिक्षाले ज्ञान, विवेक र नैतिकता प्रदान गर्ने बताउनुभयो । नीतिले शुद्धता प्रदान गर्न सक्नुपर्ने र न्यायले नैतिक मूल्ययुक्त समाजका बारेमा सोच्नुपर्ने उहाँको भनाइ थियो । 

प्रतिष्ठानले हरेक वर्ष समाजमा सामाजिक रूपान्तरण, समुन्नत समाज निर्माण र धार्मिक सांस्कृतिक मूल्य मान्यता जगेर्नाका लागि विशिष्ट योगदान गर्ने व्यक्तित्वलाई सम्मान गर्ने परम्पराको थालनी गरेको छ । प्रा डा रामप्रसाद दाहाललगायत वक्ताले सेवा नै धर्म भएकाले यस्ता गतिविधिलाई निरन्तरता दिने बताउनुभयो । 

सो अवसरमा विभिन्न विद्यार्थीलाई यस वर्ष प्रतिष्ठानले दिने छात्रवृत्तिको घोषणा पनि गरिएको थियो । दाहाल परिवारले आफ्ना मातापिताको नाममा प्रतिष्ठान स्थापना गरेर समाज सेवाका काम गर्दै आएको जनाइएको छ । रासस