२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा मेची राजमार्ग किनारका घर भत्काउने निर्णय फिर्ता लिन सांसद सुब्बाको माग ओलीलाई रास्वपा सदस्य देखाइएको नक्कली पोस्टरबारे संसदमा प्रश्न, दोषीमाथि कारबाहीको माग राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल… भक्तपुर अस्पतालमा सरकारी स्तरमै पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु हुने मध्य पूर्वमा बढ्दो सङ्कटको कूटनीतिक समाधान गर्न महासचिव गुटेरेसको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

केएमसी अस्पतालमा स्याङ्जा जिल्लावासीलाई एक दिनका लागि सबै प्रकारको उपचार निःशुल्क



अ+ अ-

काठमाडौँ । काठमाडौँ मेडिकल कलेज सिनामंगलले एक दिनको लागि स्याङ्जा जिल्लावासीलाई उपचार निशुल्क गर्ने भएको छ ।

चैत ४ गते स्याङ्जा जिल्लावासिलाई अस्पतालमा उपचार निशुल्क गर्ने गरि स्याङ्जा क्षेत्र २ का सांसद नेपाली काङ्ग्रेस उपसभापति धनराज गुरुङ र कलेजका प्रोपाइटर सांसद डाक्टर सुनिल शर्मा बीच विपन्नताका कारण उपचार गराउन नसक्नु भएका स्याङ्जाका बिरामीहरुलाई उपचार गर्ने सहमति भएको हो ।

सम्झौता अनुसार औसधि,औसधिजन्य सामान र खाना बाहेक अप्रेसन चार्ज, बेड चार्ज, रगत जाँच, सिटिस्क्यान, एमआरआईू लगायत सबै निशुल्क गर्ने व्यवस्था मिलाइएको छ ।

तर बिरामीले उपचार गराउन आउँदा बिमा गराएको भए बिमा कार्ड अथवा विपन्नताको सिफारिस लिएर आउन भनिएको छ ।

उपचारको लागि लागि थप जानकारी आवश्यक परेमा धनराज गुरुङको सचिवालयलाई सम्पर्क गर्न सकिने पनि गुरुङको सचिवालयले जनाएको छ ।