२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा मेची राजमार्ग किनारका घर भत्काउने निर्णय फिर्ता लिन सांसद सुब्बाको माग ओलीलाई रास्वपा सदस्य देखाइएको नक्कली पोस्टरबारे संसदमा प्रश्न, दोषीमाथि कारबाहीको माग राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल… भक्तपुर अस्पतालमा सरकारी स्तरमै पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु हुने मध्य पूर्वमा बढ्दो सङ्कटको कूटनीतिक समाधान गर्न महासचिव गुटेरेसको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिशुलीमा मोटरसाइकल दुर्घटना भएर खसेका रानाको शव ९ दिन पछि फेला



अ+ अ-

चितवन । चितवनमा मोटरसाइकल दुर्घटनामा परी त्रिशुलीमा खसेका युवकको शव फेला परेको छ ।

गत फागुन २ गते इच्छाकामना गाउँपालिका–५ स्थित ३ नं. पुलबाट मोटरसाइकल दुर्घटना भई त्रिशुली नदीमा बेपत्ता भएका रोहित रानाको शव सशस्त्र प्रहरीको गोताखोरले आइतबार फेला पारेको हो ।

नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाईकल फागुन २ गते बिहान पौने १२ बजेको समयमा दुर्घटना भएको थियो ।

उनी भारतीय सेनामा कार्यरत रहेको र चितवनस्थित घरबाट काठमाडौँ जान हिँडेको परिवारका सदस्यहरुले बताएका थिए ।

उनी सवार बुलेट बाइक सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना हुन पुगेको थियो ।