९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

बेनी नगरपालिकामा गौरवका योजना कार्यान्वयन

बेनी नगरपालिकामा गौरवका योजना कार्यान्वयन
अ अ+ अ-

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा १२ गौरवका आयोजना कार्यान्वयन गरेको छ ।

सडक, पर्यटन, कृषि र शैक्षिक संस्थाका पूर्वाधार निर्माण सम्बन्धी रु। नौ करोड ४७ लाख बजेट बिनियोजन भएका दुई वटा सम्पन्न, चार वटा निर्माणाधिन र तीन वटा ठेक्का प्रक्रीयामा रहेका नगरपालिकाले जनाएको छ । थप तीन वटा योजनाको ठेक्का आव्हानको तयारीमा छन् ।

बेनी नगरपालिकाका ईञ्जिनियर सुदिप गौतमले रु २५ लाख बजेट बिनियोजन भएको बेनी–लभ्लिहिल–ज्यामरुकोट सडक स्तरोन्नति र रु। ३० लाख ५० हजार बजेटको कालिपुल कृषि भवनको ठेक्का सम्झौता गरेका निर्माण कम्पनीले काम सम्पन्न गरिसकेका बताउनुभयो ।

बेनी–लभ्लिहिल–ज्यामरुककोट सडकको रु२० लाख १७ हजार सात सय छ र कालिपुल कृषि भवन निर्माणका लागि रु २६ लाख पचास हजारमा सम्झौता गरेका थिए । संघीय सरकार र बेनी नगरपालिकाको ५०÷५० प्रतिशत साझेदारीमा रु। तीन करोड बजेट बिनियोजन भएको बेनी–अर्थुङ्गे–तोरीपानी–पात्लेखेत सडकको ८० प्रतिशत भौतिक प्रगति भएको ईञ्जिनियर गौतमले बताउनुभयो ।

गत पुष १९ गते रु दुई करोड नौ लाखमा ठेक्का सम्झौता गरेको विवेक–दुप्चेश्वर–शुभम् जेभीले बेनी नगरपालिका–७ खानेपानी कार्यालय नजिकै सडकको प्रवेशबिन्दु, कुरिलाखर्कको रातो पहिरो, आँपरुखको घुम्ती र नेप्टेचौर स्थित बेनपा–९को वडा कार्यालय देखि गिठिनी हुदै पात्लेखेत तर्फ साँघुरो र अप्ठ्यारो ठाउँमा सुधारको काम अन्तिम चरणमा पु¥याएको हो ।

बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाको सात वटा वडालाई सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–अर्थुङ्गे–तोरीपानी–पात्लेखेत सडक बेनी नगरपालिकाको सबै भन्दा ठूलो र धेरै बजेट भएको योजना हो ।

रु ६२ लाख ६७ हजार आठ सय ३८ मा ठेक्का सम्झौता भएको अर्थुङ्गे–पुलाचौर र रु। ७५ लाख ९७ हजार चार सय ५२ मा ठेक्का सम्झौता भएको महारानीथान–छाप–डाँडाखेत सडकको २०/२० प्रतिशत भौतिक प्रगति भएको छ । रु। एक करोड बजेट बिनियोजन भएको महारानीथान–छाप–डाँडाखेत सडक योजनामा गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको ५०/५० प्रतिशत लागत साझेदारीमा सञ्चालन भएको हो ।

रु ५९ लाख ८८ हजार एक सय ७० मा ठेक्का सम्झौता भएको रत्नेचौरको परम वैदिक सनातन धार्मिक आश्रम र श्रीलक्ष्मीहरी मन्दिरको पुर्वाधार निर्माणको आठ प्रतिशत प्रगति भएको छ । गण्डकी प्रदेश सरकारले रु। ४० लाख बिशेष अनुदान उपलब्ध गराएको पशु बधशाला निर्माण योजनाको ठेक्का प्रस्ताव मूल्याङ्कनको चरणमा छ ।

रु ३० लाख बिनियोजन भएको गलेश्वर बजार सौन्दर्यकरण योजनाको ठेक्का सम्झौताको चरणमा रहेको र रु ७२ लाख बजेट रहेको बेनी–पुलाचौर सडकको लागत अनुमान तयार गरेर ठेक्का आव्हानको प्रक्रीयामा छ ।

रु २५ लाख बिनियोजन भएको बेनीको खुल्ला मञ्च खेलमैदान र संघीय सरकारको रु ६० लाख बिशेष अनुदान रहेको कालीगण्डकी स्वच्छता कार्यक्रम मार्फत म्याग्दी र कालीगण्डकी नदीको दोभानमा शवदाह र मलामी घर बनाउन ठेक्का आव्हानको तयारी गरेको नगर प्रमुख सुरत केसीले बताउनुभयो ।

उहाँका अनुसार खुल्ला मञ्च खेलमैदानका लागि संघीय सरकारबाट बिनियोजन भएको रु२० लाख उपभोक्ता समिति मार्फत कार्यान्वयनको प्रक्रीया अघि बढेको छ । नमूना विद्यालय कार्यक्रम अन्तर्गत बेनी नगरपालिका–६ अर्थुङ्गेमा रहेको जामुनाखर्क माविमा प्रशासनिक, प्रयोगशाला भवन र घेराबार निर्माणका लागि बिनियोजन भएको रु। एक करोड बजेट योजना कार्यान्वयनका लागि ठेक्का आव्हान भएको छ ।

१० वटा वडा रहेका बेनी नगरपालिकाले बजेट बिनियोजन गरेका दुई सय ९९ वटा वडा स्तरीय योजना मध्य आर्थिक वर्षको सात महिनामा एक सय सात वटा सम्पन्न, ८५ वटा सम्झौता हुन बाँकी र एक सय सात वटा कार्यान्वयनमा रहेका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो ।

बेनी नगरपालिकाले पूर्वाधार आयोजनाहरुका लागि यस वर्ष रु। १२ करोड ४३ लाख २५ हजार बजेट बिनियोजन गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका २१ वटा योजना मध्य चार वटा सम्झौता भएका र १७ वटा सम्झौता गर्न बाँकी छन् । रु। पाँच लाख सम्म बजेटका योजनाहरु वडा कार्यालयमै सम्झौता गर्ने व्यवस्था मिलाएको छ ।

योजनाको गुणस्तर कायम गर्न नियमित अनुगमन र प्रभावकारी बनाउनेतर्फ जोड दिएको नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताउनुभयो । सदरमुकामबाट वडा कार्यालय र मुख्य बस्ती जोड्ने मूल सडकलाई स्तरीय बनाउन प्राथमिकता दिएको उहाँले बताउनुभयो ।