२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

काठमाडौं उपत्यकामा मात्रै सात हजारभन्दा बढी कोरोना संक्रमित

काठमाडौं उपत्यकामा मात्रै सात हजारभन्दा बढी कोरोना संक्रमित
अ अ+ अ-

काठमाडौँ। काठमाडौं उपत्यकामा कोभिड–१९ संक्रमितको संख्या सात हजार नाघेको छ । उपत्यकामा संक्रमण समुदायस्तरमा फैलन उन्मुख रहेको औंल्याउँदै विज्ञहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मात्र कुनै पनि प्रकारको सेवा लिन र दिन अत्यावश्यक रहेको बताएका छन् । मुलुकमै पहिलोपटक उपत्यकामा गत माघ ९ मा चीनको वुहानबाट घर आएका एक विद्यार्थीमा संक्रमण पुष्टि भएको थियो । बिहीबार साँझसम्ममा ४ सय ९६ जना थपिएसँगै उपत्यकामा संक्रमितको संख्या ७ हजार ३८ पुगेको छ । स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाका अनुसार काठमाडौंमा ५ हजार ६ सय २२, ललितपुरमा ८ सय १८ र भक्तपुरमा ५ सय ९८ जना संक्रमित भइसकेका छन् । स्वास्थ्य मन्त्रालयले दिउँसो ४ बजेको पत्रकार सम्मेलनमा काठमाडौंमा ३ सय ५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना गरी ४ सय ४५ जना संक्रमित थपिएको जनाएको थियो ।

ईडीसीडीका वरिष्ठ जनस्वास्थ्य अधिकृत कोइरालाका अनुसार उपत्यकामा वैशाखदेखि फाट्टफुट्ट संक्रमित देखिँदै आएकामा असार तेस्रो सातादेखि संख्या उल्लेखनीय रूपमा बढेको थियो । चैत दोस्रो सातादेखि मुलुकभरमा लगाइएको लकडाउन साउन ६ गते खोलिएसँगै मानवीय गतिविधि बढेपछि उपत्यकामा संक्रमणको विस्तार तीव्र भयो । हाल उपत्यकामा बालबालिका, बुढापाका गरी हरेक उमेर समूहका संक्रमित देखिएका छन् । संक्रमण सबै क्षेत्रमा देखिएको छ । ‘सुरक्षाकर्मी, बैंकका कर्मचारी, साना–ठूला व्यवसायी, स्वास्थ्यकर्मी, उपचारमा आएका बिरामी, समुदायका अन्य व्यक्तिलगायतमा संक्रमण बढी मात्रामा देखिएको छ,’ कोइरालाले भने ।

उपत्यकामा संक्रमित देखिन सुरु हुँदा पुरुषको दाँजोमा महिलाको संख्या न्यून थियो । तर हाल कुल संक्रमितमध्ये करिब ३० प्रतिशत महिला रहने गरेको कोइरालाले बताए । ‘उपत्यकामा संक्रमण समुदायस्तरमा बढ्न उन्मुख छ,’ उनले भने । हाल उपत्यकालगायत जनघनत्व बढी भएको ठाउँमा जनस्वास्थ्यको अन्य मापदण्ड अपनाउनुका साथै उपयुक्त रूपमा मास्क प्रयोग गरेर संक्रमणको विस्तार रोक्न सहयोग गर्नुपर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले बताए । ‘अत्यावश्यक काम भए मात्र घर बाहिर निस्किने, उपयुक्त रूपमा मास्कको प्रयोग गर्ने, अन्य व्यक्तिसँग दुई मिटरको भौतिक दूरीमा रहने र नियमित रूपमा साबुनपानीले हात सफा गर्ने गरे संक्रमणको सम्भावना कम गर्न सकिन्छ,’ उनले भने ।

हाल मुलुकमा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका १२ जिल्लामध्ये उपत्यकाका काठमाडौं र ललितपुर पनि पर्छन् । उपत्यकाका १८ वटा अस्पतालमा १ हजार ५ सय ९३ जना कोभिड–१९ का बिरामी आइसोलेसनमा छन् भने ७७ जना आईसीयू र १२ जना भेन्टिलेटरमा छन् । काठमाडौं उपत्यकामा कोभिड–१९ ले हालसम्म ४३ जनाको मृत्यु भएको छ । काठमाडौं जिल्लामा २६, भक्तपुरमा १० र ललितपुरमा ७ जनाको मृत्यु भएको हो ।

समुदायमा संक्रमण बढ्दो

गत जेठ ५ मा पहिलो संक्रमित फेला परेको कर्णालीमा सुरुमा क्वारेन्टाइनमा बसेकामा मात्रै कोरोना संक्रमण देखियो । साउनयता भने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र स्थानीयमा समेत संक्रमण बढ्दै गएको छ । कुनै यात्रा इतिहास नै नभएकाहरूमा संक्रमण पुष्टि भएपछि समुदायमै संक्रमण विस्तार भएको भन्दै जिल्ला प्रशासन कार्यालय, सुर्खेतले भदौ १–१२ सम्म निषेधाज्ञा जारी गर्‍यो । निषेधाज्ञाअघि पनि सेवाग्राहीको चाप बढ्ने कार्यालयमा एक साता सेवा प्रवाह रोकिएको थियो । तर निषेधाज्ञापछि पनि प्रदेश राजधानी वीरेन्द्रनगरसहित अन्य ठाउँमा संक्रमितको संख्या घट्नुको साटो बढिरहेको स्वास्थ्य कार्यालयका प्रमुख चेतननिधि वाग्लेले बताए । उनका अनुसार निषेधाज्ञाभर वीरेन्द्रनगरमा मात्रै ९३ जनामा संक्रमण पुष्टि भयो । गत सोमबार पनि सुर्खेतमा एकै दिन ३७ संक्रमित फेला परे ।

उनीहरूमध्ये वीरेन्द्रनगरका २८, गुर्भाकोटका ८ र चौकुने गाउँपालिकाका एक जना थिए । त्यस दिन संक्रमण देखिएकोमा अधिकांश समुदायस्तरका व्यक्ति हुन् । हालसम्म संक्रमितको संख्या वीरेन्द्रनगरमा २ सय ५६ र सुर्खेतमा ७ सय ४२ पुगेको वाग्लेले बताए । जसमध्ये ६ सय ५७ जना निको भइसकेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयअनुसार अहिलेसम्म कर्णालीका विभिन्न जिल्लामा कार्यरत ५७र५७ जना स्वास्थ्यकर्मी र सुरक्षाकर्मी संक्रमित भएका छन् । यसबाहेक थुनुवा, जनप्रतिनिधि, सामाजिक अभियन्ता, सवारी चालक र कामदारहरूलाई संक्रमण देखिएको छ ।

बुधबार सुर्खेत अदालतका एक कर्मचारीमा पनि कोरोना देखियो । कर्मचारीमा संक्रमण भएपछि बुधबारदेखि नै अत्यावश्यकबाहेक अन्य सेवा प्रवाह रोकेको अदालतका स्रेस्तेदार यमप्रसाद बाँस्कोटाले बताए । उनका अनुसार यस अवधिमा अदालतबाट म्याद थप, पक्राउ पुर्जी, कोरोनासम्बन्धी रिट र बन्दी प्रत्यक्षीकरणका सेवा प्रवाह भने सुचारु हुनेछन् ।

यसैबीच, भदौ १ देखि बबई नाकाबाट कर्णाली भित्रिनेहरूको पीसीआर रिपोर्ट अनिवार्य गरेको कर्णाली सरकारले अब कोरोनाको लक्षण देखिएकाहरूको मात्रै परीक्षण गर्ने भएको छ । मंगलबार बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्र (पीसीएमसी) को बैठकले लक्षण देखिएका, ‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेका र संक्रमण आशंकामा रहेकाहरूको मात्र पीसीआर परीक्षण गर्ने निर्णय गरेको हो । उपयुक्त मापदण्ड बनाई संक्रमितको निःशुल्क उपचार गर्ने, प्रभावको विश्लेषण गरी आवश्यक पर्ने जनशक्ति, पूर्वाधार र औषधिको लेखाजोखा गर्ने जिम्मा सामाजिक विकास मन्त्राललाई दिने निर्णयसमेत बैठकले निर्णय गरेको छ । कान्तिपुर दैनिक