६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसरी भयो पुल्चोक झडप ?



फाईल फोटो
अ+ अ-

ललितपुर । पुल्चोकमा रहेको रातो मत्स्येन्द्रनाथ रथ बिहीबार नै तान्ने विषय सामाजिक सञ्जालमा यस्तरी फैलियो कि त्यसको अनुमान, न ललितपुर महानगरपालिकाले गर्न सक्यो, न त जिल्ला प्रशासनले नै । समयमै रथयात्रा गर्न नसक्नुको कमजोरीका कारण पुल्चोक झडप हुन पुग्यो । रथयात्रा मलमासअघि नै गर्नुपर्ने आवाज उठिरहे पनि बिहीबार भने ज्यापु समाज, बौद्ध विहार संघ, श्रेष्ठ समाज, कपाली समाजलगायत १९ संगठन रथयात्रा हुनेमा अनभिज्ञ नै थिए । अघिल्लो दिनदेखि नै रथ तान्नुपर्ने पक्षमा रहेका अभियन्ताले बिहीबार बिहान पुल्चोकमा भेला हुन आह्वान गरिरहेको पोस्ट सामाजिक सञ्जालमा ह्वात्तै फैलियो । पाटनका विभिन्न टोल, कीर्तिपुर, काठमाडौं, भक्तपुर र ललितपुरका सुनाकोठी, लुभु, बुङ्मतीलगायत नेवार समुदायको बस्ती रहेको स्थानबाट युवा एकत्रित भए ।

प्रशासनले निषेधाज्ञा जारी गरे पनि त्यसको कमजोरीको फाइदा उठाउँदै रथयात्रामा सहभागी हुन स्थानीय गल्ली र भित्री सडक हुँदै पुल्चोक आइपुगे । मुख्य सडकमा ‘चेकिङ’ भए पनि भित्री गल्लीमा प्रहरीको आँखा छल्दै उनीहरू एकत्रित भए । पुल्चोकमा रथ निर्माण गरेको र मत्स्येन्द्रनाथलाई रथारोहण गरेको दुई महिना बढी भइसक्यो । कोरोना संक्रमणका कारण रथयात्रा लामो समयदेखि रोकिएको थियो । ‘पुरुषोत्तम मास’ पनि नजिकिँदै गर्दा मत्स्येन्द्रनाथका ज्योतिष र पानेजुले रथयात्रा त्यसअघि नै गरिसक्न बारम्बार सुझाव दिइरहदा पनि ‘स्थानीय तह र प्रशासनले चासो नदेखाएको’ भन्दै रथयात्रा नभई अलपत्र परेकामा सरोकारवाला चिन्तित छन् ।

जात्राप्रेमी र स्थानीयलाई ‘करुणामय रथ अलपत्र पर्ने हो कि ?’ भन्ने चिन्ताले सताइरहेकै बेला सामाजिक सञ्जालमा तान्ने विषय उठ्दा केही युवा उत्साहित हुँदै पुल्चोक पुगे । रथ तान्न सडकमा आएका पनि कोरोना संक्रमणप्रति भने सचेत देखिन्थे । तैपनि उनीहरू जोखिम मोलेर ठुलो संख्यामा भेला भए । उनीहरूको इच्छा समयमै रथयात्रा गराएर मलमासअघि नै बुङ्मती पु¥याउने देखिन्छ । पुल्चोकमा पुगेका युवाले रथयात्रा सञ्चालन गर्नुपर्ने, संस्कृतिमा राजनीति गर्न नहुनेलगायत प्लेकार्ड बोकेका थिए । ‘जनस्वास्थ्य मापदण्ड पालना गरेर रथयात्रा गर्नुपर्ने’ नारा लेखिएको प्लेकार्ड बोकेका उनीहरूले ‘रथलाई अलपत्र नपारौं’, ‘दायित्वबाट कोही नभागौं’, ‘मान्छेलाई कोभिड–१९ फैलाउन आएको होइन’, ‘रथ तान्न नै हुँदैन भने किन रथ बनाएको ?’ भन्दै आक्रोश पोखे । केही सहभागीले ‘अब रथ तानिँदै’ भनेर ‘फेसबुक लाइभ’ गरे, यसपछि रथ तान्नेको संख्या थपिँदै गयो । निषेधाज्ञा भए पनि ललितपुर प्रशासनको कमजोरी त्यहा प्रस्ट झल्किरहेको थियो । बिहान नगण्य स्थानीय रहेको स्थानमा मध्याह्न हुन्जेलसम्म भीड उर्लिसकेको थियो । रथ तान्न धेरै समुदाय सहभागी हुनुपर्र्नेमा स्वतस्फूर्त आएको भीडले रथ अड्याउन बाँधिएको डोरी खोलेर तान्न थाले ।

पुल्चोक सडक किनार रहेको रथ केही मिटर परसम्म तानेर बीच सडकमा ल्याइपुर्याइयो । तान्दातान्दै डोरी व्यवस्था हुनुका साथै बाजागाजा स्वतस्फूर्त आइपुग्यो । प्रक्रिया धेरै भए पनि भीड कुनै प्रक्रियाबिनै रथ तान्नतिर लाग्यो । यत्तिकैमा रथ तान्दै गरेका युवालाई प्रहरीले रोक्न खोज्यो । भीड नाराबाजीमा उत्रियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीफोहोरा हान्न सुरु गर्यो । फोहोरा हान्ने गाडी र प्रहरीतर्फ भीड ढुंगामुढासहित जाइलाग्यो । भीड उत्तेजित बनेपछि स्थिति नियन्त्रणमा लिन केही सेल अश्रुग्याँससमेत प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ । झडपमा केही प्रहरी र केही सहभागीलाई चोट लागेको छ । आफूलाई जानकारी नै नदिई केही युवाले रातो मत्स्येन्द्रनाथ रथयात्रा सुरु गरेको विषयमा ललितपुरको ज्यापु समाज, बौद्ध विहार संघ, श्रेष्ठ समाज, कपाली समाजजस्ता १९ जातीय संगठनले अनभिज्ञता जनाएका छन् ।

ज्यापु समाज अध्यक्ष चन्द्र महर्जनले आफूहरूलाई रथयात्राबारे जानकारी नै नदिएर ‘कसले रथ तान्न त्यति मान्छे भेला गरायो ?’ भन्नेबारे अनभिज्ञता प्रकट गरे । उनका अनुसार कोरोना महामारीका कारण संक्षिप्त विधि पूरा गरेर रथयात्रा गर्ने प्रस्ताव मात्र भएको हो । राजधानी दैनिक