२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन News Polar नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल News Polar तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारकाे निर्णय News Polar थापाले बन्द सत्र समापनमा घोषणा गर्दै भने : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन News Polar खगेन्द्र सुनारले भने– ‘ममाथि लागेका सबै आरोपको निष्पक्ष छानबिन गरियोस्’

एउटै फ्ल्याटमा पाँच बालबालिकाको शव फेला

एउटै फ्ल्याटमा पाँच बालबालिकाको शव फेला
अ अ+ अ-

काठमाडौं । पश्चिमी जर्मनीको सोलिंगन शहरको एक इलाकामा एउटा फ्ल्याटमा पाँच बालबालिकाको शव भेटिएको छ । घटनामा प्रहरीले ती बालबालिकाकी २७ वर्षीया आमा संलग्न भएको आशंका गरेको छ । प्रहरीका अनुसार महिलाले त्यसपछि डसेलडोर्फ नजिकैको एक रेलवे स्टेशनमा आफ्नै ज्यान लिने कोशिस गरेकी थिइन् । बालबालिकाको मृत्युको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन र यसबारे विस्तृत जानकारी समेत उपलब्ध छैन । स्थानीय समयानुसार दिउँसो आपतकालीन सेवालाई सूचित गरियो ।

यो अपार्टमेन्ट हसेल्डेल क्षेत्रको एक आवासीय इलाकामा अवस्थित छ ।प्रहरीका अनुसार उनीहरुलाई स्थानीय समयानुसार करिब दुई बजे एउटा फोन आएको थियो । त्यसपछि घटनास्थल पुगेको प्रहरीले त्यहाँ पाँच बालबालिकाको शव भेटेका हुन् । तीन छोरी र दुई छोरा छन् । बालबालिकाको उमेर एक वर्षदेखि आठ वर्षबीच थियो । ११ वर्षका छैटौं छोरा बच्न सफल भएको बताइएको छ । बालबालिकाकी हजुरआमा घटनास्थलभन्दा करिब ६० किलोमिटर टाढा बस्छिन् ।

जर्मन न्यूज वेबसाइट बिल्डको रिपोर्ट अनुसार उनले नै आपतकालीन सेवालाई अलर्ट फोन गरेकी थिइन् । प्रहरी प्रवक्ता स्टिफनले आफ्नै ज्यान लिने कोसिसमा बालबालिकाकी आमा गम्भीर रुपमा घाइते भएको जानकारी दिएका छन् । प्रहरी प्रवक्ताले पत्रकारसँगको कुराकानीमा प्रहरीले यसबारे अनुसन्धान गरिरहेको जानकारी दिए । प्रहरीले बालबालिकाकी आमासँग यो दुखद घटनाबारे कुरा गरिसकेपछि मात्रै यसको कारणबारे पत्ता लगाउन सकिने बताएको छ ।

हालका लागि यो ब्लकको सबै फ्ल्याट सिल गरिएको छ । घटनास्थलमा प्रहरीको गाडी, एम्बुलेन्स र फोरेन्सिक टिम पनि उपस्थित छ । – (बीबीसी)नेपाल समाचारपत्र दैनिक