२० मंसिर २०८२, शनिबार
,
Latest
काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको समृद्धि नेकपा एमालेको ध्येय-उपाध्यक्ष बादल



अ+ अ-

महोत्तरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले मुलुकको समृद्धि नेकपा एमालेको ध्येय रहेको बताएका छन् ।

आज यहाँको गौशालामा पार्टीको जिल्ला स्तरीय तीन महिने वडा केन्द्रित अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले यसै ध्येयका लागि एमाले अहिले आधारभूत तहमै पार्टी सुदृढीकरण अभियानमा जुटेको बताए ।

आफ्नो दलसँग मुलुकको राष्ट्रिय स्वार्थ रक्षा र समृद्धिको संकल्प रहेको उनको भनाइ थियो । आगामी निर्वाचनमा एमालेले तीनै तहका सरकारको बहुमतका साथ नेतृत्व गर्न सम्पूर्ण पार्टी पङ्क्तिलाई जनताको घर आँगन पुग्न परिचालित गरेको थापाले बताए ।

“हामी जनतासँग एकाकार हुँदै अघि बढ्न निरन्तर अभियानमा छौँ” थापाले भने, “सम्पूर्ण पार्टी पङ्क्ति अहिले जनसम्बन्ध विस्तारमा जुट्नुहोस् ।” कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठ, पार्टी केन्द्रीय स.गठन विभागका सचिव माधव ढुंगेलसहितका नेताले अहिलेको तीन महिने अभियानबारे प्रकाश पारे ।

कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य रामदलाल मण्डल, केन्द्रीय कमिटी सदस्य सरोजकुमार यादव र केन्द्रीय अनुशासन विभागका सदस्य दुर्गा दाहालसहितको उपस्थिति थियो ।रासस