२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति
तपाईं के खोज्दै हुनुहुन्छ ?

शंखरापुर बस दुर्घटनाः अर्का घाइते विद्यार्थीको पनि मृत्यु



अ+ अ-

काठमाडौँ । शंखरापुर नगरपालिका–५ मा गत बुधबार भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।

मेडिसिटी अस्पतालमा उपचाररत १० वर्षीय विद्यार्थी सनसाइन तामाङको मृत्यु भएको हो ।

उनको मृत्यु भएसँगै मृतकको संख्या चार पुगेको छ । यसअघि ११ वर्षीय विद्यार्थी क्रिष्टल पुरी, २३ वर्षीय सुरेश तामाङ र १४ वर्षीय सुशांक डोटेलको मृत्यु भएको थियो ।

चाबहिलको एसएस एकेडमीका विद्यार्थी नगरकोट पिकनिक गएर फर्कने क्रममा उनीहरु सवार बा २ ख ७९५८ नम्बरको बस दुर्घटनामा परेको थियो ।

उक्त बसमा सवार ४३ जना मध्ये तीन जनाको सोही दिन मृत्यु भएको थियो । बाँकी विभिन्न अस्पतालहरुमा उपचाररत थिए ।




भर्खरै