२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच फोनवार्ता : वार्ताको पहल सुरु

प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच फोनवार्ता : वार्ताको पहल सुरु
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको टेलिफोन संवादपछि दुई देशका संयन्त्रहरूबीच वार्ताका गृहकार्य भइरहेका छन्। भारतीय स्वतन्त्रता दिवसका अवसरमा साउन ३१ गते प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई शुभकामना दिएका थिए। प्रधानमन्त्री ओलीको त्यही टेलिफोनले नेपाल र भारतबीचको संवादहीनता अन्त्य गराइदिएको हो। दुवै मुलुकका परराष्ट्र मन्त्रालयका अधिकारीहरू केहीयता नेपाल र भारतबीच स्थापित विभिन्न संयन्त्रको वार्ता गर्ने आन्तरिक तयारीमा जुटेका छन्। नेपाल-भारत सचिवस्तरीय बैठक, बाउन्ड्री वर्किङ ग्रुप र नेपाल-भारत संयुक्त आयोगको बैठकको तयारी भइरहेको स्रोतले बताएको छ। यद्यपि ती बैठकको मिति तय भइसकेको छैन।

दुई मुलुकका विभिन्न संयन्त्रबीच हुन लागेका बैठकहरूले नेपाल-भारत सम्बन्ध सुधारोन्मुख देखिएको छ। ‘परराष्ट्रमन्त्रीस्तरीय बैठक गर्नेबारेसमेत तयारी भइरहेको छ’, परराष्ट्रका एक अधिकारीले भने। यसअघि भदौ १ मा नेपाल भारत संयुक्त निगरानी संयन्त्र (ज्वाइन्ट ओभरसाइट मेकानिज्म)को बैठक बसेको थियो। बैठकले नेपालमा भारतीय सहयोगमा निर्माणाधीन परियोजनाहरूको समीक्षा गरेको थियो। भर्चुअल माध्यमबाट भएको बैठकको नेतृत्व नेपालका तर्फबाट परराष्ट्र सचिव र भारतका तर्फबाट भारतीय राजदूतले गरेका थिए।

निगरानी संयन्त्रको बैठकलाई दुवै मुलुकले उपलब्धिका रूपमा लिएका छन्। ‘नेपाल(भारत विभिन्न संयन्त्रको बैठकको तयारी भइरहेको छ। केही बैठक भइसकेका छन्’, भारतीय दूतावासका एक अधिकारीले भने, ‘दुई प्रधानमन्त्रीबीचको टेलिफोन संवादपछि सकारात्मक दिशामा सम्बन्ध अघि बढिरहेको छ।’ दुई मुलुकका स्थापित संयन्त्रहरूबीच अब नियमित संवाद हुने ती अधिकारीले बताए। नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि भारत असन्तुष्ट बनेको थियो। त्यसपछि दुई देशबीच औपचारिक संवाद भएको थिएन। सामान्य कूटनीतिक सम्बन्धबाहेक राजनीतिक स्तरमा छलफल ठप्प थियो। प्रधानमन्त्रीबीच संवाद भएपछि परराष्ट्र सचिवस्तरीय बैठकको तयारी भइरहेको छ। परराष्ट्र सचिवस्तरीय बैठकका लागि दुवै मुलुकका अधिकारीहरू तयारीमा जुटेका छन्। त्यसपछि दुई मुलुकबीच बाउन्ड्री वर्किङ ग्रुप र नेपाल भारत संयुक्त आयोगको बैठक हुनेछ।

यहीबीच भारतीय राजदूत विनयमोहन क्वात्रा नयाँ दिल्ली पुगी नेपालको पछिल्लो राजनीतिक अवस्था र केही महिनायता सम्बन्धमा देखिएका समस्याबारे ब्रिफिङ गरेर फर्किएका छन्। दिल्लीमा रहँदा राजदूत क्वात्राले सचिवस्तरीय वार्ता, बाउन्ड्री वर्किङ ग्रुपलगायत अन्य संयन्त्रको बैठक गर्नेबारे त्यहाँका परराष्ट्रका अधिकारीहरूसँग छलफल गरेको स्रोतले बताएको छ। भारत जानुअघि राजदूत क्वात्राले प्रधानमन्त्री केपी ओलीसँग अनौपचारिक छलफल गरेका थिए। प्रधानमन्त्री ओलीको सन्देश लिएर उनी गएका थिए।

राजदूत क्वात्राले दिल्लीमा विदेश सचिव र विदेशमन्त्रीलाई नेपालका राजनीतिलगायत विविध पक्षबारे ब्रिफिङ गरेका थिए। दिल्ली जानुअघि उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग समेत छुट्टाछुट्टै अनौपचारिक छलफल गरेका थिए। दिल्लीबाट भदौ ९ गते नेपाल फर्किएका क्वात्रा अहिले सेल्फ क्वारेन्टाइनमा छन्। क्वारेन्टाइनको अवधि सकिएपछि राजनीतिक भेटघाट गर्ने स्रोतले जनायो।

नेपालस्थित भारतीय दूतावास र परराष्ट्र मन्त्रालयले सचिवस्तरीय वार्ताको मिति र एजेन्डाबारे आन्तरिक गृहकार्य गरिरहेका छन्। परराष्ट्र सचिवस्तरीय बैठकमा नेपाल-भारत पछिल्लो सम्बन्ध, रक्सौल काठमाडौं रेलमार्गलगायत अन्य परियोजनाबारे छलफल हुनेछ। सचिवस्तरीय बैठकमा रक्सौल-काठमाडौं रेलमार्गको डीपीआर गर्नेबारे केही महत्वपूर्ण निर्णय हुन सक्ने स्रोतले बताएको छ। परराष्ट्र सचिवस्तरीय बैठकलगत्तै सीमा विवादबारे छलफल गर्न नेपाल भारत बाउन्ड्री वर्किङ ग्रुपको बैठक बस्ने तयारी रहेको स्रोतले बताएको छ। उक्त बैठकमा पछिल्लोपटक नेपाल र भारतबीच उत्पन्न सीमा विवादबारे छलफल हुनेछ। अन्नपुर्णपोष्ट दैनिक