२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

मुलुकमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै जाँदा कर्णालीको स्वास्थ्यमा फड्को

मुलुकमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै जाँदा कर्णालीको स्वास्थ्यमा फड्को
अ अ+ अ-

सुर्खेत । कोरोना भाइरसको सङ्क्रमण मुलुकमा बढ्दै जाँदा यसले कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रको विकासमा नयाँ अवसर जुटाइदिएको छ । विगतमा झाडापखाला, हैजा जस्ता सामान्य रोगबाट समेत मृत्युवरण गर्नुपर्ने यस प्रदेशमा अहिले कोरोनाकै कारण स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय विकास भएको छ । चिकित्सकको अनुहार देख्न नपाउने यस प्रदेशका दुर्गम ठाउँका बासिन्दाले अहिले विशेषज्ञ चिकित्सकबाट उपचार पाउन थालेका छन् । स्वास्थ्यचौकी अस्पतालमा स्तरोन्नति भएका छन् । अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटर जस्ता महìवपूर्ण उपकरण थपिएका छन् । व्यक्तिगत सरसफाइमा सुधार आएको छ । आयुर्वेदिक उपचारप्रति पनि ध्यान गएको छ । यी सबैको विकास कोरोनाकै कारण भएको स्वास्थ्यसँग सम्बद्ध पदाधिकारी बताउँछन् ।

२६ भेन्टिलेटर र ६२ आईसीयू बेड
कोरोना महामारी सुरु हुनुभन्दा अघि कर्णाली प्रदेशमा आठवटा आईसीयू बेड र आठवटै भेन्टिलेटर थिए । प्रदेश अस्पताल सुर्खेतमा पाँचवटा आईसीयू र तीनवटा भेन्टिलेटर तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तीनवटा आईसीयू र पाँच भेन्टिलेटर थिए । अहिले कोरोना सङ्क्रमण रोक्न यी दुई अस्पतालमा आईसीयू बेड र भेन्टिलेटर थपिएका छन् । हाल डोल्पा बाहेक अन्य सबै जिल्ला अस्पतालमा आईसीयू र भेन्टिलेटर सेवा थप गरिएका छन् । स्थापना भएको वर्षौं बित्दा पनि आईसीयू र भेन्टिलेटर व्यवस्था गर्न नसकेका अस्पतालले कोरोना सङ्क्रमण सुरु भएको पाँच महिनाको अवधिमा आईसीयू र भेन्टिलेटर सेवा थप गर्ने अवसर पाएका छन् ।

अहिले कर्णाली प्रदेशमा २६ वटा भेन्टिलेटर र ६२ वटा आईसीयू बेड पुर्याइएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ । निर्देशक रिता भण्डारी जोशीले कोरोना सङ्क्रमण रोक्न अहिले प्रदेशमा भेन्टिलेटर र आईसीयू बेड थप गरिएको बताए। आईसीयू बेड र भेन्टिलेटर थप हुनुलाई ठूलो उपलब्धि मानिएको छ । यस्तै कर्णालीका चार स्थानमा पीसीआर परीक्षण प्रयोगशाला स्थापना गरिएका छन् । सुर्खेतको प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, दैलेख अस्पताल र रुकुम चौरजहारीमा पीसीआर परीक्षण प्रयोगशाला स्थापना
गरिएका छन् ।

२७ स्थानमा चिकित्सक उपलब्ध
कर्णालीका अस्पतालमै चिकित्सक बस्न नमान्ने विगतको अवस्थामा अहिले परिवर्तन आएको छ । सबै जिल्ला र मुख्य स्थानमा चिकित्सक पुर्याइएको छ । सामाजिक विकास मन्त्रालयले प्रदेशका १० जिल्लाका सदरमुकाम तथा पायक पर्ने स्थान छनोट गरी २७ स्थानमा चिकित्सकको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली खटाएको छ । उक्त टोली ती स्थानमा बसेर नागरिकको सेवा गर्ने सामाजिक विकास मन्त्री दल रावलले बताए । यस्तै कोरोना रोकथाम र प्रतिकार्यका लागि १७६ सामुदायिक नर्स, ३२ हेल्थ असिस्टेन्ट र २६ स्टाफ नर्स तथा अनमी करार सेवामा नियुक्त गरेर नागरिकलाई सेवा दिइएको छ ।

व्यक्तिगत सरसफाइमा वृद्धि
कोरोना सङ्क्रमण बढ्दै जाँदा व्यक्तिगत सरसफाइमा यहाँका नागरिकको ध्यान बढेको छ । साबुनपानीले हात धुनुपर्छ, सेनिटाइजर लगाउनुपर्छ, घुलमिल गर्नुहुँदैन भन्ने सोचको व्यापक विकास भएको स्वास्थ्य निर्देशक रिता भण्डारी जोशीले बताए । उनले कोरोनाको सङ्क्रमण हुन नदिन व्यक्तिगत सरसफाइमा ध्यान दिँदा अन्य रोगको सङ्क्रमण निकै कम भएको दाबी गरे ।

आयुर्वेदिक पद्धतिमा आकर्षण
अहिले आयुर्वेदिक उपचार पद्धतिमा पनि आकर्षण बढेको छ । जडीबुटी प्रशस्त पाइने कर्णालीमा आयुर्वेदिक उपचार पद्धति विकास भएको छ । गुर्जो, कुरिलो, अदुवा, टिम्मुर तथा बेसारको व्यापक प्रयोग गर्ने गरिएको छ भने विगतको तुलनामा आयुर्वेदिक औषधिको माग पनि बढेको निर्देशक भण्डारीले बताए । यसका साथै योग, स्वस्थ जीवनशैली र आहार विहारका बारेमा पनि कर्णालीमा चेतना बढेको छ । कोरोना सङ्क्रमणबाट बच्न अपनाइएका विधिले स्वास्थ्य प्रतिको नागरिक चेतना पनि विकास भएको उनको भनाइ छ । गोरखापत्र दैनिक