२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

कोरोना सक्रिय संक्रमित दिन प्रतिदिन घट्दै

कोरोना सक्रिय संक्रमित दिन प्रतिदिन घट्दै
अ अ+ अ-

काठमाडौं । मंगलबार अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित डिस्चार्ज भएका छन् । एकै दिन २ हजार २ सय ८७ जना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म कुल संक्रमितमध्ये ६८ दशमलव ४७ प्रतिशत डिस्चार्ज भएका छन् । ३२ हजार ९ सय ६४ संक्रमित निको भएर घर फर्किसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो साता सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । मंगलबारसम्म देशभर १४ हजार ८ सय ६८ सक्रिय संक्रमित उपचाररत छन् । गत बिहीबार १८ हजार ४ सय १३, शुक्रबार १८ हजार ४ सय ४, शनिबार १७ हजार ८ सय ७० सक्रिय संक्रमित उपचाररत थिए ।

यस्तै, गत आइतबार १७ हजार २७, सोमबार १६ हजार २ सय ५९ जना सक्रिय संक्रमित आइसोलेसनमा उपचाररत थिए । डिस्चार्ज हुनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या घट्दै गएको हो । देशभर मंगलबार थप ९ सय २ जनामा कोरोना संक्रमण देखिएको छ । योसहित संक्रमित हुनेको संख्या ४८ हजार १ सय ३८ जना पुगेको छ ।
मंगलबार इलाममा एक, उदयपुरमा दुई, ओखलढुंगामा १३, झापामा १६, मोरङमा ५१ र सुनसरी ३८ जनामा कोरोना संक्रमण देखिएको छ ।

धनुषामा ३३, पर्सामा १४, बारामा १२, महोत्तरीमा ४, रौतहटमा ८, सप्तरीमा १८, सर्लाहीमा ६ र सिरहामा ४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काभ्रेमा २, चिततवनमा २०, दोलखामा २, धादिङमा ८, नुवाकोटमा ३, भक्तपुरमा ५८, मकवानपुरमा २४, रामेछाप आठ र सिन्धुपाल्चोकमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, कास्कीका ३०, गोरखाका १८, तनहुँका ३, नवलपरासी पूर्वका ७, पर्वत १, लमजुङका २, बाग्लुङका १० र स्याङ्जाका १ जनामा कोरोना पुष्टि भएको छ । यस्तै, अर्घाखाँची, कपिलवस्तु र गुल्मीमा गरी १(१, दाङमा ३, बर्दियामा ७, बाँकेमा ५, रूपन्देहीमा २१ र रोल्पाका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

कर्णाली प्रदेशको दैलेखमा एक र सुर्खेतमा १८, सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ९ र कैलालीमा ७७ जनामा कोरोना भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमितमध्ये ३ सय ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितको मृत्यु भएको हो । काठमाडौं उपत्यकामा मंगलबार ३ सय ९६ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ३ सय, ललितपुरमा ३८ र भक्तपुरमा ५८ संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ८ हजार ९ सय ७६ पुगेको छ । काठमाडौंमा ६ हजार २ सय १७, ललितपुरका ९ सय ७७ र भक्तपुरमा ७ सय ८२ संक्रमित पुगेका छन् ।

हालसम्म देशभर आरटी–पीसीआर प्रविधिबाट ७ लाख ८८ हजार १ सय ७४ पटक कोरोना परीक्षण गरिएको छ । देशभर ५ हजार ३ सय १० जना क्वारेन्टिनमा बसेका छन् । संक्रमितमध्ये २३ जना भेन्टिलेटर र १ सय २१ जना आइसीयूमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राजधानी दैनिक