२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेसपा नयाँ शक्तिको पदाधिकारी निर्वाचन दिउँसो ३ बजेपछि सुरु हुने



अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुने भएको छ ।

आइतबारदेखि प्रज्ञाभवन कमलादीमा सुरु भएको पार्टीको प्रथम महाधिवेशनमा आज दिउँसो ३ बजेपछि चुनावी प्रक्रिया सुरु हुने केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेलले जानकारी दिए ।

महाधिवेशनमा आईतबार निवर्तमान अध्यक्ष डा बाबुराम भट्टराईले ‘नयाँ युगको नयाँ कार्यभारः वैकल्पिक राजनीतिको औचित्य र आधार’ सम्बन्धी राजनीतिक र साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए । उक्त प्रतिवेदनमाथि दोस्रो दिनको बन्द सत्रमा समूहगत छलफल भइरहेको छ ।

प्रतिवेदनमाथि १२ वटा समूहमा समूहगत छलफल भइरहेको पोखरेलले जानकारी दिए । दिउँसो ३ बजे समूहबाट आएका प्रश्नको जवाफ दिएपछि प्रतिवेदन पारित गर्ने र त्यसपछि निर्वाचन समितिले निर्वाचन प्रक्रिया अगाडि बढाउने उनले बताए ।

निर्वाचनबाट ११ जना पदाधिकारी, ९९ केन्द्रीय सदस्य र केन्द्रीय निकायका पदाधिकारी चुनिने उनले बताए । मंगलबार महाधिवेशनको समापन गर्ने तयारी रहेको छ ।