२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आतिशीद्वारा दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा



अ+ अ-

एजेन्सी । विधानसभा चुनावमा आफ्नो पार्टीको पराजयपछि आतिशीले आइतबार दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ ।

आम आदमी पार्टी (आप) की नेत्रीले आइतबार राज निवासमा उपराज्यपाल भिके सक्सेनालाई आफ्नो राजीनामा बुझाउनुभयो ।

त्रिचालीस वर्षीया आतिशी गत सेप्टेम्बरदेखि दिल्लीको मुख्यमन्त्रीको रूपमा कार्यरत हुनुहुन्थ्यो । अरविन्द केजरीवालले आफ्नो पदबाट राजीनामा दिएको केही दिनपछि उहाँ शीर्ष पदमा पुग्नुभएको थियो ।

उहाँ सुष्मा स्वराज र शीला दीक्षितपछि दिल्लीको तेस्रो महिला मुख्यमन्त्री बन्नुभएको थियो ।

दिल्ली विधानसभा चुनावमा आप ९आम आदमी पार्टी० ले ठूलो झट्का बेहोरेको छ । आपले आफ्नो पहिलेको ६२ सिटको तुलनामा मात्र २२ सिट मात्र जित्न सकेको छ ।

आम आदमी पार्टीलाई सत्ताच्यूत गरेर २७ वर्षपछि राष्ट्रिय राजधानीमा सत्तामा फर्किएको भारतीय जनता पार्टी ९भाजपा० ले शनिबार दिल्ली चुनावमा ऐतिहासिक जनादेश प्राप्त गरेको छ ।

तथापि आतिशीले कडा प्रतिस्पर्धापछि कालकाजी सिट कायम राख्नुभयो र भाजपाका रमेश बिधुडीलाई तीन हजार ५२१ मतको अन्तरले पराजित गर्नुभयो ।

आफ्नो व्यक्तिगत विजयलाई स्वीकार्दै, आतिशीले दिल्ली विधानसभा चुनावमा आपको हार स्वीकार गर्नुभयो र भाजपाविरुद्ध लडाइँ जारी राख्ने प्रतिबद्धता जनाउनुभयो ।

विशेष गरी पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदियासहित पार्टीका धेरै शीर्ष नेताले आफ्नो निर्वाचन क्षेत्रहरू गुमाएको बेला कालकाजी निर्वाचन क्षेत्रमा आतिशीको जित आपका लागि विशेष छ ।

भाजपाका परवेश वर्मा नयाँदिल्ली सिटमा पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालमाथि चार हजार मतभन्दा बढीको निर्णायक जितसहित विधानसभा चुनावमा विशाल विजेताको रूपमा उदाउनुभयो ।

राष्ट्रिय राजधानीमा आफ्नो पुनरागमनको आशा गरेको कांग्रेस फेरि कुनै पनि सिट जित्न असफल भयो ।