१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायाधीश आचार्यको निधनपछि सर्वोच्चका सबै मुद्दा स्थगित



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशको निधन भएपछि सबै मुद्दा स्थगित भएका छन् ।

शुक्रवार न्यायाधीश अरविन्दनाथ आचार्यको ८६ वर्ष ९ महिनामा निधन भएपछि अदालतको सबै सुनुवाइ स्थगित गरिएको हो ।

शनिवार सार्वजनिक बिदा भएकाले आइतबार फुलकोर्टको बैठक बसेर आचार्यको निधनमा सबै सुनुवाइ स्थगित गरिएको सर्वोच्च अदालतका सूचना अधिकार नीराजन पाण्डेले जानकारी दिए ।

२०५९ साल माघ १ गते सर्वोच्च अदालतको न्यायाधीश भएका आचार्यले २०६० वैशाख १३ गतेसम्म न्यायाधीशको रूपमा न्याय सम्पादन गरेका थिए ।