१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य घट्यो, चाँदी बढ्यो



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यससँगै, शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार सुन प्रतितोला एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।