१३ श्रावण २०८३, बुधबार
,
Latest
गोपालमान श्रेष्ठको निधनमा कांग्रेसद्वारा तीन दिने शोक घोषणा, कार्यालयमा झण्डा आधा झुकाइने मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन देशभर श्रद्धापूर्वक गुरु पूर्णिमा पर्व मनाइँदै सुनसरी घटनामा निष्पक्ष छानबिन र सर्वदलीय संवादको पहल गर्न प्रचण्डको आग्रह सुनसरी घटनाः सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूको साझा प्रतिवद्धता, सरकारको भुमिकाप्रति काँग्रेसको प्रश्न पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध उद्योगीहरुलाई अर्थमन्त्री वाग्लेको ढाडस– ‘कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करमा सुधार गर्छौँ’ सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक शुरु (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हृदयचन्द्र सिंह स्मृति पत्रकारिता पुरस्कार पौडेललाई



अ+ अ-

काठमाडौं । प्रेस चौतारी नेपालले पत्रकार मात्रिका पौडेललाई हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित गर्ने भएको छ ।

विसं १९७२ सालमा जन्मिएर ४३ वर्षको अल्पायुमै निधन भएका नेपाली वाङमयका अग्रणी पुस्ताका प्रगतिवादी साहित्यकार प्रधान हृदयचन्द्र सिंह प्रधानको स्मृतिमा प्रेस चौतारी नेपालमार्फत प्रधानका परिवारले यो पुरस्कार स्थापना गरेका हुन् ।

यो पुरस्कारबाट यसअघि नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँले, बरिष्ठ पत्रकार शम्भु श्रेष्ठ, गोपाल बुढाथोकी, तीर्थ कोइराला, अखण्ड भण्डारीलगायत पुरस्कृत भइसकेका छन् ।

प्रेस चौतारीले हरेक वर्ष स्थापना दिवसका अवसरमा माघ २२ गते प्रदान गर्दै आएको सो पुरस्कार अहिले भने १० औँ महाधिवेशनमा विराटनगरमा दिने महासचिव हिरामान लामाले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गर्नेछन् । यस्तै, हेमन्त पौडेललाई अग्निशिखा स्मृति, शान्ति गुरुङलाई डा. शान्ति पाण्डे प्रेस चौतारी महिला पत्रकारिता, लालबाबु शेख र रिमा सोमैलाई वीरेन्द्रकुमार शाह क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ भने टपेन्द्र कार्की र मालती केसीलाई डेकेन्द्र थापा स्मृति पत्रकारिता, उषा तामाङ र रोशनी कठेतलाई सावित्रीदेवी–पद्यलक्षमी बस्नेत स्मृति र गार्डेन राई र हरिश चन्द्रलाई चन्द्र न्यौपाने शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।




भर्खरै