२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाथीभरा केबलकारविरुद्ध प्रदर्शन पछि पक्राउ परेका सबै प्रदर्शनकारी छुटे



अ+ अ-

काठमाडौँ । ताप्लेजुङको पाथीभरा मन्दिरमा केबलकार निर्माणविरुद्ध प्रदर्शन पछि पक्राउ परेका १७ जना प्रदर्शनकारी रिहा भएका छन् ।

पाथीभरा क्षेत्रको बलुडाँडा र झापाको दमक तथा सुनसरीमा भएको प्रदर्शनमा संलग्न सबै जनालाई छोडिएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) भीमबहादुर दाहालले जानकारी दिए ।

विभिन्न स्थानबाट पक्राउ परेका प्रदर्शनकारीहरु ताप्लेजुङबाट ३, झापा दमकबाट ८ जना र धरानबाट ६ जना रिहा भएका हुन् ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले महिचानबादी मोर्चाका जिल्ला संयोजकसमेत रहेका प्रदीप मादेन लाई १० हजार धरौटीमा छोडेको छ भने लक्ष्मण लिम्बू र तेह्रथुम म्याङलुङका चन्द्रसागर लिम्बु ५ हजार धरौटी बुझाएर रिहा भएका हुन्। झापाको दमकबाट पक्राउ परेका ८ जना भनेसाधारण तारेखमा छुटेका छन् ।

यसअघि, मंगलबार नेपाल सरकार, गृह मन्त्रालयबाट गठित वार्ता टोली र मुक्कुमलुङ संरक्षक पक्षधरबिच भएको वार्तामा आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरुको विना शर्त तत्काल रिहाइ गर्ने सहमति भएको थियो ।