२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नुवाकोटमा बस र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु, त्रिशूली-काठमाडौं सडकमा अवरोध



अ+ अ-

काठमाडौं । नुवाकोटमा यात्रुवाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको निधन भएको छ ।

गल्छिबाट त्रिशूलीतर्फ जाँदै गरेको बा.३ ख ५५४७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा. ५८ प २८०४ नम्बरको मोटरसाइकल बेलकोटगढी नगरपालिका–७ मा दुर्घटना हुँदा मोटरसाइकलमा सवार २२ वर्षीय जीवन राईको मृत्यु भएको हो ।

जीवनको उपचारका लागि अस्पताल पुर्‍याएपछि निधन भएको प्रहरीले जनाएको छ । स्थानीय र मृतकका आफन्तले त्रिशूली–काठमाडौं सडकखण्ड अवरोध गरेर आन्दोलन गरिरहेका छन् ।

सडक खुलाउन मृतकका आफन्तसँग वार्ता चलिरहेको नुवाकोटका प्रहरी निरीक्षक श्रीकृष्ण बानियाँले जानकारी दिए ।