२५ श्रावण २०८३, सोमबार
,
Latest
विपद्का घटना बढे, एकै दिन ४१ घटना यमनमा हुथी विद्रोहीको मिसाइल र ड्रोन आक्रमणः ८ जनाको मृत्यु, तटीय क्षेत्रमा व्यापक क्षति अनलाइन ठगीको सञ्जालः विवाहको प्रलोभनमा कास्कीकी एक महिलाले गुमाइन् ३१ लाख रुपैयाँ ह्वाइट हाउसको मुख्य कानूनी सल्लाहकारमा विल शार्फ नियुक्त दक्षिण लेबनानको ‘पाइलट क्षेत्र’ मा तीन सैनिक घाइते, इजरायली सेनाद्वारा अनधिकृत संरचना निर्माण झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र हङकङमा गर्मीको नयाँ कीर्तिमानः तापक्रम ३६.९ डिग्री सेल्सियस पुग्यो प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतलाई भेट्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा रवि लामिछानेको थुनछेक बहस सुरु



file photo
अ+ अ-

काठमाडौं । चितवन जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम ठगी गरेको अभियोग लागेका लामिछानेको बिहान पौने १२ बजेदेखि सुरु भएको बयान ४ घण्टासम्म चलेको थियो ।

न्यायाधीश दयाराम ढकालको इजलासमा लामिछानेको बयान सकिएसँगै थुनछेक बहस सुरु भएको छ ।

थुनछेक बहसमा सहभागी हुन सरकारका तर्फबाट सात जना र प्रतिवादी तर्फका ६ जनाले वकालतनामा दर्ता गराएका जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।

जिल्ला सरकारी वकिलको तर्फबाट आजै सरुवा भएर आएका जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, उपन्यायाधिवक्ता बुद्धबहादुर थापा र अमृत सुवेदीले बहस गर्नेछन् ।

त्यसैगरी, सहकारी पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ र अधिवक्ताहरु रमेश काफ्ले, शम्भु बर्तौला र सुनिता अधिकारीले वकालत गर्नेछन् ।

लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, अधिवक्ताहरू डा. नारायणदत्त कँडेल, चुडामणी सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा र सञ्जय गोलेले बहस गर्ने सूचना अधिकारी विश्वकर्माले जानकारी दिए ।