१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल

राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई बलियो बनाउन अनलाइन मिडियाहरुको नियमन गर्न जरुरीः सञ्चारमन्त्री गुरुङ

राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई बलियो बनाउन अनलाइन मिडियाहरुको नियमन गर्न जरुरीः सञ्चारमन्त्री गुरुङ
file photo
अ अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई बलियो बनाउन अनलाइन मिडियाहरुको नियमन गर्न जरुरी रहेको बताउनुभएको छ ।

बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।

नेपाली अनलाइन क्षेत्र छाडा र अराजकता उन्मुख रहेको उहाँको भनाइ छ । उहाँले प्रेस स्वतन्त्रताको नाममा जे मन लाग्यो त्यही लेख्ने प्रवृत्तिको विकास भएको भन्दै यसको नियमन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले सांस्कृतिक सहअस्तित्व र धार्मिक सहिष्णुताको हिसावले नेपाल विश्वमै नमूना भएपनि पछिल्लो समय सामाजिक सद्भाव भड्काउने क्रियाकलाप भइरहेको बताउनु भयो । अनलाइन मिडियाले सामाजि सद्भाव, आपसि एकता र धार्मिक सहिष्णुता प्रवद्र्धन गर्ने कार्यमा सहयोग नगरेको जिकिर गर्नुभयो । उहाँले हेट स्पिचको माध्यमबाट व्यक्ति विषेश र समाजकै बद्नाम गरेर लोकतन्त्र बलियो नहुने उल्लेख गर्दै उहाँले अनलाइन क्षेत्रलाई नियमन गर्न सरकार लागिपरेको समेत बताउनु भयो ।

मन्त्री गुरुङले भन्नुभयो, ‘यो अनलाइन क्षेत्र निकै छाडा छ । यो त सबैले महशुस गर्ने विषय होइन ? अराजकतालाई प्रश्चय दिएर लोकतन्त्र बलियो हुन्छ रु प्रेस स्वतन्त्रताको अर्थ जे मन लाग्यो त्यही भन्न पाउने र जे मन लाग्यो त्यही लेख्ने पाउने हो र ? त्यो त होइन होला नि त । सबैले नियमभित्र बस्ने तर अनलाइनले आचारसंहितामा नबस्ने भन्ने छ र दुनियामा ? त्यसकारण अहिले फेक न्युजहरु दिनेदेखि लिएर बुलिङ गर्नेसम्मका कामहरु भइरहेका छन् । हाम्रो देश त धार्मिक सहिष्णुताको लागि एउटा नमूना हो नि त । यद्धपी यहाँ दशौं धर्मावलीका मानिसहरु बस्दछन् । तर अहिलेसम्म हामीले धार्मिक द्वन्द्व भएको देखेका छैनौं । तर छिमेकी भारतमा कति धेरै चलिरहेको हुन्छ । सामाजिक सद्भाव कायम गरेर बसेको मुलुक हो हाम्रो । सांस्कृतिक सहअस्तित्वको हिसावले, सामाजिक सदभावको हिसावले नेपाल साच्चै नमूना र सुन्दर मुलुक हो । के यसलाई प्रवद्र्धन गर्ने कुरामा अनलाइन मिडियाले सहयोग गरेको छ?गरेको छैन नि । धार्मिक सद्भाव भड्काएर दुर्गा प्रसाईंलाई प्रयोग गरेर अराजता सिर्जना भयो । त्यो राम्रो कुरा हो त । राष्ट्रिय एकता र राष्ट्रिय स्वाधिनता, स्वतन्त्रताको कुरामा हामीलाई असाध्यै कमजोर बनाइरहेको छ । राष्ट्रिय एकता बलियो बनाउनका लागि पनि अनलाइन मिडियामा नियमन गर्न जरुरी छ । हेट स्पिचको माध्यमबाट गलत कुराहरु भनेर कुनै व्यक्ति, पार्टी, समाज र समुदायको बदनाम गर्ने प्रवृत्तिले सभ्य समाज निर्माण हुनसक्छ ? यसले हाम्रो लोकतन्त्र बलियो हुदैन । त्यसकारणले यसको नियमन गर्न जरुरी छ ।’

उहाँले नेपालको सांस्कृतिक र धार्मिक पहिचानको संरक्षणका लागि सबै एकजुट भएर अघि बढ्न जरुरी रहेको बताउनु भयो ।