१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता

लुम्बिनीमा दुई लाख ९० हजार किशोरीलाई एचपिभी खोप लगाइने

लुम्बिनीमा दुई लाख ९० हजार किशोरीलाई एचपिभी खोप लगाइने
अ अ+ अ-

लुम्बिनी । लुम्बिनी प्रदेशमा पाठेघर मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ को खोप करिब दुई लाख ९० हजार किशोरीलाई लगाइने भएको छ ।

सरकारको १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई ‘एचपिभी’ को खोप लगाउने देशव्यापी अभियानअन्तर्गत आजदेखि लुम्बिनी प्रदेशमा खोप कार्यक्रम सुरु भएको छ ।

लुम्बिनी प्रदेशका दुई लाख ९० हजार १२४ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसका लागि आवश्यक पर्ने खोप सम्बन्धित सबै खोप केन्द्रहरुमा पठाइएको मन्त्रालयलले स्पष्ट गरेको छ ।

प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै रुपन्देहीका ६१ हजार २३१ किशोरीलाई ‘एचपिभी’ खोप लगाइने भएको छ । यसैगरी, दाङमा ४२ हजार ६७ र कपिलवस्तुमा ३९ हजार ५२५ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले रुकुम पूर्वमा सबैभन्दा कम तीन हजार ५९१ र अर्घाखाँचीमा नौ हजार ३३४ किशोरीलाई खोप लगाउने लक्ष्य लिएको छ । पाल्पामा १२ हजार ५६६, गुल्मीमा १३ हजार ४६, नवलपरासी पश्चिममा १८ हजार ७९३, रोल्पामा १५ हजार ४७८, प्यूठानमा १६ हजार ३३५, बर्दियामा २४ हजार ६५ र बाँकेमा ३४ हजार ९३ जनाले ‘एचपिभी’ खोप लगाउने भएको छ ।

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियानको आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दाङको राप्ती गाउँपालिकास्थित आदर्श नमूना माध्यमिक विद्यालय लालमटियामा शुभारम्भ गर्नुभयो ।

मुख्यमन्त्री आचार्यसहित प्रदेश स्वास्थ्यमन्त्री खेमबहादुर सारुले उक्त विद्यालयमा आयोजित एक कार्यक्रमबीच स्वास्थ्यकर्मीलाई खोप बाकस हस्तान्तरण गरी सो अभियान सुरु गर्नुभएको हो । अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने किशोरीसहित १० देखि १४ वर्ष उमेर समूहका सबै किशोरीलाई लक्षित गरिने भएको छ ।

कार्यक्रममा मुख्यमन्त्री आचार्यले विद्यालयबाहिर रहेका किशोरीलाई समेत समेटेर अभियान सञ्चालन गर्ने नीति भएअनुसार लक्षित उमेर समूहका सबैलाई समेटेर खोप कार्यक्रम सफल बनाउन सम्बद्ध पक्षको ध्यानाकर्षण गर्नुभयो । “विद्यालयमा रहेका किशोरीले खोप पाउने कुरा सुनिश्चित छ”, मुख्यमन्त्री आचार्यले भन्नुभयो, “विद्यालयबाहिर रहेका किशोरीहरुलाई समेत खोजेर अभियानमा समेट्न जरुरी छ । विद्यालयमा नजोडिएका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरू नछुटून् भन्नेतर्फ हामी सबैको विशेष ध्यान जान आवश्यक छ ।”

प्रदेश स्वास्थ्यमन्त्री सारुले क्यान्सर, मिर्गौला र मुटुको उपचारमा सहयोग गर्न गत वर्ष रु १३ करोड विनियोजन गरेको र क्यान्सर रोग उपचारका लागि मात्र रु नौ करोड खर्च भएको जानकारी दिँदै ‘खोप अभियान’ सफल बनाउन सबैसँग अनुरोध गर्नुभयो ।

“नसर्ने रोगका कारण बर्सेनि ठूलो धनजनको क्षति भइरहेको छ, राज्यले आफ्नो तर्फबाट सक्दो सहयोग पनि गरिरहेकै छ”, उहाँले भन्नुभयो, “अब सचेत र सजग भई रोग नलाग्नेगरी हामी सबैले स्वास्थ्य जीवनशैली अपनाउन जरुरी छ ।” लुम्बिनी प्रदेशमा वार्षिक करिब दुई हजार व्यक्ति क्यान्सर रोग उपचारका लागि सहयोग लिन स्वास्थ्य निर्देशनालयको सम्पर्कमा आउने गरेको उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य सचिव डा वासुदेव उपाध्यायले दुई चरणमा खोप लगाइने जानकारी दिँदै लक्षित उमेर समूहका किशोरीहरुलाई अनिवार्य खोप लगाउने अभियान सफल बनाउन सम्बद्ध सबैसँग अनुरोध गर्नुभयो ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले पालिकामा प्रभावकारी ढङ्गले खोप अभियान सञ्चालन गर्न स्वास्थ्यकर्मी टोलीलाई निर्देशन दिनुभयो ।

यसैबीच, बुटवल उपमहानगरपालिकाले करिब १० हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य शाखाप्रमुख युवराज पाण्डेले जानकारी दिनुभएको छ ।

उपमहानगरअन्तर्गका ७० वटा विद्यालय र १२ वटा स्वास्थ्य संस्थामा गई खोप लगाउन सक्ने व्यवस्था मिलाइएको प्रमुख पाण्डेले जानकारी दिनुभयो । उपमहानगरकी खोप ‘फोकल पर्सन’ कल्पना भुसालका अनुसार बुटवलको आम्दा अस्पताल पनि खोप लगाउन सकिनेछ । बुटवल उपमहानगरले तयार पारेको तथ्याङ्कअनुसार खोप लगाउनुपर्ने किशोरीहरुको सङ्ख्या विद्यालयतर्फका नौ हजार ८१४ र विद्यालय बाहिरका १४७ जना रहेको छ ।

बुटवलमा खोप अभियानअन्तर्गत स्वास्थ्य स्वयंसेविका, विद्यालय शिक्षिका तथा नर्स र अन्य स्वास्थ्यकर्मीसमेत गरी करिब ३०० जनालाई प्रशिक्षित गरी परिचालन गरिने उपमहानगरपालिकाले जनाएको छ ।

प्रत्येक खोप केन्द्रमा एक स्वास्थ्यकर्मी, दुईजना स्वास्थ्य स्वयंसेविका, नर्स वा तालिमप्राप्त शिक्षिकाहरुलाई परिचालन गरिने छ । विद्यार्थीको सङ्ख्या बढी भएका विद्यालयको हकमा सङ्ख्या थप गरी खोप अभियानलाई सफल बनाइने ‘फोकल पर्सन’ भुसालले जानकारी दिनुभयो ।

पाठेघरको मुखको क्यान्सरसम्बन्धी समस्याबाट अत्यधिक नेपाली महिला पीडित हुने गरेको र धनजनको उल्लेख्य क्षति हुने गरेको तथ्याङ्कलाई दृष्टिगत गरी सरकारले देशव्यापी रुपमा खोप अभियान सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले स्पष्ट गरेको छ ।