१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता

सरकारी स्वामित्वका कम्पनीहरुमा सर्वसधारणको शेयर स्वामित्व २५ प्रतिशत बनाउँछौंः सञ्चारमन्त्री गुरुङ

सरकारी स्वामित्वका कम्पनीहरुमा सर्वसधारणको शेयर स्वामित्व २५ प्रतिशत बनाउँछौंः सञ्चारमन्त्री गुरुङ
अ अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी स्वामित्वमा रहेका कम्पनीहरुमा सर्वसधारणको २५ प्रतिशत स्वामित्व वृद्धि गर्ने सरकारको तयारी रहेको बताउनुभएको छ ।

सोमवार नेपाल टेलिकमको २१ औं वार्षिकोत्सव समारोह बोल्दै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले सरकारले सार्वजनिक संस्थाहरु सुधार हुन नसकेकाले अब नेपाल टेलिकम तथा नेपाल विद्युत प्राधिकरण जस्ता संस्थाहरुमा सर्वसाधरणको स्वामित्व २५ प्रतिशत पुर्याउने योजना सरकारको रहेको बताउनु भयो । उहाँले टेलिकमको ९२ प्रतिशत शेयर सरकारको र ८ प्रतिशत मात्रै सर्वसाधरणको रहेको भन्दै अब कम्तिमा पनि २५ प्रतिशत सर्वसाधरणको शेयर पु¥याउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले सरकारले विद्युत प्राधिकरणको पनि २५ प्रतिशत शेयर सर्वसाधरणको लागि दिने तयारी गरेको उल्लख गर्नुभयो । उहाँले सरकारीलाई कम्पनीलाई हेर्ने दृष्टिकोण फरक भएकाले सर्वसाधरणको स्वामित्व वृद्धि गरी जनताले आफ्नो पनि अपनत्व अनुभव गराउन स्वामित्व वृद्धि गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले संस्थामा जनताको निगरानी बढ्ने र व्यवस्थापनलाई पनि सर्वसाधरण जनता र ग्राहकप्रति संवेदशिल भएर पारदर्शीता कायम गर्नुपर्ने सचेत गराउने बताउनु भयो । उाहँले नेपाल टेलिकमले आम्दानीको क्षेत्र पहिचान गरी लाग्न आवश्यक रहेको बताउनु भयो। उहाँले टेलिकम भ्वाइस मात्रै नभएर डाटामा पनि लाग्नुपर्ने समय आएको बताउनु भयो । नेपाल टेलिकमले कार्य क्षेत्र,सेवाको क्षेत्र बिस्तारको साथै बदलिँदो क्षेत्रमा जान सक्नुपर्ने धारणा राख्नुभयो । उहाँल टेलिकमले कार्य क्षमता बढाउनु आजको आवश्यकता भएको बताउनु भयो । उहाँले टेलिकम बद्लिँदो अवस्थासँगै आधुनिक हुँदै जानुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘आम्दानीको क्षेत्रमा लाग्न सकेका छैनौं । टेलिकम भ्वाइस मात्रै नभएर डाटामा पनि लाग्नुपर्छ । नेपाल टेलिकमले कार्य क्षेत्र,सेवाको क्षेत्र बिस्तारको साथै बदलिँदो क्षेत्रमा जान सक्न्ुापर्छ । टेलिकमको क्षेत्रलाई अरुले उछिनेको छ । त्यसबारेमा टेलिकमको ध्यानाकर्षण हुनुपर्छ । कार्य क्षमताका हिसावले उत्तरदायित्व हुन्छ । समस्याप्रति उत्तरदायि भएको समस्या आएको छ । त्यो समस्या र राजनीतिकले थिचेका संस्थाहरु राम्रोसँग चल्न सकेका छैनन् । त्यसकारणले टेलिकमले कार्य क्षमता बढाउनु आजको आवश्यकता छ । मलाई के लागेको छ भने टेलिकम आधुनिक हुँदै जानुपर्छ । एआई,पाइप फोर जी सेवामा समेत पछाडि परेका छौं । अरु कम्पनी धेरै अगाडि गएका छन् । १० वर्ष पहिला भारत बाहेक अरु सबै नेपाल भन्दा पछाडि थिए । भूटानले समेत पछाडि बनाएको छ । व्यवस्थापनमा पनि समस्या देखिएको छ । त्यसलाई पनि व्यवस्थित गर्नुपर्छ । सरकारका धेरै स्वामित्व भएका संस्थाहरुलाई सार्वजनिक निजी साझेदारीमा लैजानुपर्छ । टेलिकमको ९२ प्रतिशत शेयर सरकारको र ८ प्रतिशत मात्रै सर्वसाधरणको छ । अब कम्तिमा पनि २५ प्रतिशत सर्वसाधरणको शेयर पु¥याउनुपर्छ । सरकारले विद्युत प्राधिकरणको पति २५ प्रतिशत शेयर सर्वसाधरणको लागि दिने तयारी गरेका छौं । सरकारको भनेर हेर्ने दृष्टिकोण फरक भएकाले सर्वसाधरणको समेत भनेपछि जनताले आफ्नो पनि अपनत्व अनुभव गर्छ । संस्थामा जनताको निगरानी बढ्छ । व्यवस्थापनलाई पनि सर्वसाधरण जनता र ग्राहकप्रति संवेदशिल भएर पारदर्शीता कायम गर्नु पर्ने चेत आउँछ । संस्थाको सेवालाई थप प्रभावकारी बनाउन सकिन्छ । सर्वसाधरणलाई संस्थाको स्वामित्व बढाउनु पर्ने सरकारको धारणा छ ।’

उहाँले सुशासनको लागि प्रमुख काम इकमर्स भन्ने बुझेर सरकारले टेलिकम लगायतको भौतिक पूर्वाधार विकास गर्नु जरुरी रहेको बताउनु भयो । उहाँले आईटी क्षेत्रका लागि भौतिक पूर्वाधार बनेर फोरजी सेवा सबै स्थानीय तहको वडासम्म नपुगेसम्म इगभर्मेन्टको अनुभुति जनतालाई लिन नसक्ने बताउनु भयो । उहाँले टेलिकमले कार्यक्रम बनाएर एक वर्षभित्र फोरजी सेवा गाउँगाउँमा पु¥याउन सक्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले टेलिकमले गुणस्तरीय फोरजी सेवा ग्रामिण क्षेत्रका घर–घरमा पु¥याउने गरी काम गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले नेपाल टेलिकमको सेवा नपुगेका क्षेत्रमा टावरहरु थप्पदै सेवामा गुणस्तर बनाउन टेलिकमलाई निर्देशन दिनुभयो । उहाँले मधेस प्रदेशका सबै जिल्लामा नेपाल टेलिकमको सेवा बिस्तार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले ६ हजार ७ सय ४३ वडा कार्यालयहरुमा नेपाल टेलिकमले एक वर्षभित्र फोर जी सेवा पु¥याउनु पर्ने आवश्यकता रहेको बताउनु भयो ।