१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना

निरोगी नेपाल बनाउन व्यापक प्रयासहरु गर्नेछौँः प्रधानमन्त्री ओली

निरोगी नेपाल बनाउन व्यापक प्रयासहरु गर्नेछौँः प्रधानमन्त्री ओली
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले निरोगी नेपालका लागि व्यापक प्रयासहरु गरिरहेको बताउनुभएको छ ।

मंगलवारबाट देशभर पाठेघरको मुखको क्यान्सरबिरुद्धको (एचपिभी) खोपको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली नागरिकहरु बिरामी नै हुन नपरोस् भनेर सरकारले अभियान चलाइरहेको बताउनु भयो । उहाँले निरोगी नेपालका लागि व्यापक प्रयास गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले आफूले खाने खाना पेट भर्नका लागि मात्रै नभइ स्वस्थ रहनका लागि खानुपर्ने बताउनु भयो । उहाँले स्वस्थ, सन्तुलित खानाले मात्रै आफूलाई निरोगी बनाउने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामीले निरोगी नेपालको नारा लिएका छौँ । यसका दुई वटा पक्ष छन् । मानिस बिरामी नै हुन नपरोस्, स्वस्थ रहोस् । त्यसका लागि हामीले व्यापक प्रयासहरु, बहुआयामिकपक्षबाट व्यापक प्रयास गर्छौं । मान्छे रोगी नहोस्, बिमारी नहोस् । यसका निम्ति मानिसको आहार, बिहारको मात्रै कुरा होइन । खाना भनेको पेट भर्ने मात्र होइन, स्वस्थ खाना हो । खाना भनेको स्वस्थ मात्रै होइन,पुग्दो, सन्तुलित र ठिक्क मात्रामा पनि हो । स्वस्थ खाना, सन्तुलि त खाना, आवश्यक मात्रामा खाना हुनुपर्छ । पेट भर्नका लागि खाना खाने होइन, स्वस्थ रहनका लागि खाना खाने हो । निरोगी नेपालको कन्सेप्ट यसमा आधारित छ । यसको अर्थ, हामीले उत्पादन गर्ने अन्नबालीमा छ । खानेकुराहरु जो उत्पादन गर्छौं त्यसको स्वस्थतामा छ ।’

स्वस्थ रहनका लागि सबैभन्दा पहिला व्यक्ति स्वयंले सावधानी अपनाउनुपर्ने बताउनु भयो । बिरामी हुनै नदिने कुरा महत्वपूर्ण रहेको बताउनु भयो । सन् २०३० सम्म पाठेघरको क्यान्सरबिरुद्धको अभियानलाई पूर्ण रुपमा सफल बनाउने प्रतिवद्धता जनाउनु भयो ।—