३० फाल्गुन २०८१, शुक्रबार
March 14, 2025 Friday

12.73°C

काठमाडौं

12.73°C

Kathmandu

Feels-like: 11.42

Wind: 1.77

Humidity: 52

तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया काठमाडौंमा



अ+ अ-

काठमाडौं । बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया काठमाडौं आइपुगेका छिन् । उनी कतार एयरको उडान नम्बर क्यूआर ६५२ बाट सातजनाको टोलिसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेकी हुन् ।

राजकुमार एडवार्ड भने एयर इण्डियाको जहाजबाट दिउँसो २ बजे काठमाडौं आउँदैछन् । उनीसँग चारजनाको टोलि आउदैछन् ।

करिब एक साताको नेपाल भ्रमणमा रहेका राजकुमार दम्पतीले आजै राष्ट्रपति रामचन्द्र पौडेललाईलाई भेट्ने तालिका रहेको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ ।

यस्तै, गृह मन्त्रालयका अनुसा बेलायती राजकुमार र उनको टीमले माइती नेपाल, कीर्तिपुरको आँखा अस्पताल, भक्तपुरमा रहेको एसओएस बालग्राम जाने कार्यक्रम तय भएको छ । यसका साथै राजकुमार र उनको टोली घुम्नका लागि पोखरासमेत जाने कार्यक्रम तय भएको छ ।

राजकुमार एडवार्ड र उनको टीमको सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरीको पीएसओ परिचलन गर्न प्रहरी प्रधान कार्यालयलाई गृह मन्त्रालयले निर्देशन दिएको छ ।

काठमाडौंका विद्यालय र अस्पतालमा आयोजित कार्यक्रममा सहभागी भई उनी पोखरा भ्रमणमा जानेछन् । पोखरामा उनीहरूले ब्रिटिस गोर्खा सैनिकका परिवारसँग पनि भेटघाट गर्नेछन् ।

राजकुमार र राजकुमारी आइतबार स्वदेश फर्किने छन् ।