१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना

क्यान्सरको न्युनिकरण गर्दै निवारण गर्ने नेपालको लक्ष्य छः स्वास्थ्यमन्त्री पौडेल

क्यान्सरको न्युनिकरण गर्दै निवारण गर्ने नेपालको लक्ष्य छः स्वास्थ्यमन्त्री पौडेल
अ अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सरलाई न्युनिकरण गर्न सबैले सहकार्य गर्न जरुरी रहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले क्यान्सर निवारणका लागि धेरै कामहरु गर्न बाँकी रहेको बताउनु भयो । उहाँले उपचारात्मक र निरोधात्मक क्षेत्रमा धेरै काम गर्न जरुरी रहेको बताउनु भयो । उहाँले पाठेघरको क्यान्सरको समस्या ठूलो रहेको भन्दै यसलाई सबैको सहकार्यबाट न्युनिकरण गर्दै लैजानुपर्ने बताउनु भयो । क्यान्सर निवारणको तहमा पुग्नका लागि सबैले पहल गर्न जरुरी रहेको बताउनु भयो ।

मन्त्री पौडेलले भन्नुभयो, ‘खासगरी हामीले क्यान्सर निवारणका निम्ति थुप्रै कामहरु गर्न जरुरी छ । यसमा उपचारात्मक क्षेत्रमा पनि हामीले काम गर्न जरुरी छ । निरोधात्मक क्षेत्रमा पनि काम गर्न जरुरी छ । आज पाठेघरको क्यान्सरबाट मेरो आमाहरु, मेरो दिदिहरु, मेरो समकक्षी साथीहरु थुप्रैको मृत्यु भएको छ । दिनमा ४ जनाको मृत्यु हुने तथ्यांक हामीसँग उपलब्ध छ । यो भनेको भयावह हो । यसलाई न्युनिकरण गर्दै निवारणको स्थितिमा पु¥याउन कसरी सकिन्छ, नेपालको लक्ष्य त्यो छ । निवारणको तहमा पु¥याउन सबैलै पहल गर्न जरुरी छ ।’

मन्त्री पौडेलले काम गर्ने चाहना भएपनि आवश्यक श्रोत, साधनको कमी रहेको भन्दै सहकार्य गरेको खण्डमा क्यान्सर न्युनिकरण गर्न सकिने उल्लेख गर्नुभयो ।