१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना

सरकारले उच्च प्राथमिकता दिएर निजगढ विमानस्थल बनाउनुपर्छः मन्त्री पाण्डे

सरकारले उच्च प्राथमिकता दिएर निजगढ विमानस्थल बनाउनुपर्छः मन्त्री पाण्डे
अ अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले निजगढ विमानस्थललाई सरकारले उच्च प्राथमिकता दिएर बनाउनुपर्ने बताउनुभएको छ ।

सोमवार सरोकार दर्पणको लोकर्पण विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । निजगढ विमानस्थल ठूलो महत्वको विमानस्थल रहेको भन्दै निजगढ विमानस्थल बनाउनसके संसारलाई देखाउन मिल्ने खालको हुने बताउनु भयो । उहाँले निजगढ विमानस्थल बनाउन विभिन्न बाधाहरु रहेको भन्दै मास्टरप्लानअनुसार विमानस्थल बनाउनुपर्ने बताउनु भयो । उहाँले निजगढ विमानस्थल नबनि फास्टट्रयाको पूर्णता नहुने उल्लेख गर्नुभयो । महत्वकांक्षाको चाङ नेपालको नेतृत्व कर्ताहरुसँग रहेको भएपनि पूरा गर्न कठिनाइ रहेको बताउनु भयो । उहाँले मध्य पहाडी राजमार्गमा १० वटा स्मार्ट सिटी बनाउने भनेर अघि बढाएको परिकल्पना अहिलेसम्म ५४ वटा पुगेको तर सम्पन्न गर्न कठिन रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले धेरै कुरा भन्दा रहेछौँ, गर्न नसक्दा रहेछौँ । हामी महत्वकांक्षाको चाङ काँधमा राख्दा रहेछौँ । तर समाधानको बाटो, प्रतिफलको अन्तिम स्वरुप दिन सक्दा रहेनछौँ । मध्य पहाडी राजमार्गमा कुनैबेला १० वटा स्मार्ट सिटीको परिकल्पना गरियो । अहिले ५४ वटा पुगेछन् । विभिन्न राजमार्गमा । अहिले ५४ वटा स्मार्ट सिटी सम्पन्न गर्न त निकै कठिन छ नै । १० वटा सम्पन्न गर्न पनि गाह्रो भइसक्यो । निजगढ एयरपोर्ट निकै ठूलो महत्वको एयरपोर्ट हो । निजगढ एयरपोर्ट साँच्चै नै मास्टरप्लानअनुसार बन्ने हो भने दुनियाँमा देखाउन मिल्ने खालको एयरपोर्ट बन्छ । नेपालका लागि मात्र होइन । त्यसमा विभिन्न बाधाहरु छन् । सरकारले त्यसलाई उच्च महत्व दिइरहनुपर्छ र दिइरहेको छ । किनभने यो फास्ट ट्रयाक बनेकै त्यो पूरा गर्नका लागि हो । ५÷६ खर्ब बजेटमै फास्ट ट्रयाक कम्प्लिट हुँदैछ । फास्ट ट्रयाक बनाएकै १ घण्टाभित्र काठमाडौं आउनसक्ने भन्नका लागि हो । सरकारले यसलाई उच्च प्राथमिकताका साथ सम्पन्न गर्नुपर्छ । वन क्षेत्रका कारणले बाधा छ की, अदालतका कारणले बाधा छ । कतिपय ठाउँमा अख्तियारका चिठीकाकारणले बाधा छ की ? यो अवस्थालाई चिर्नुपर्छ । ’

मन्त्री पाण्डेले विकास र पुरातत्व, वन क्षेत्र जोगाउने कुराको सन्तुलन मिलाउनुपर्ने बताउनु भयो ।