१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना

टाटा ‘नेक्सन केथ्री इभी’ को बुकिङ्ग खुल्ला, यस्तो छ फिचर

टाटा ‘नेक्सन केथ्री इभी’ को बुकिङ्ग खुल्ला, यस्तो छ फिचर
अ अ+ अ-

काठमाडौँ । भारतको अग्रणी विद्धुतीय गाडी निर्माता टाटा मोटर्सले आफ्नो चर्चित नेक्सन ब्राण्डको नयाँ संस्करण ‘नेक्सन केथ्री इभी’को बुकिङ्ग खुल्ला गरेको छ ।

आइतबार टाटाको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले गैरीधारामा आयोजित एक समारोहकाबीच ४५ किलोवाट ब्याट्री क्षमताको नयाँ नेक्सनको डिजाइन सार्वजनिक गरेसँगै नेपाली बजारमा बिक्रीका लागि बुकिङ्ग खुल्ला गरेको हो ।

नयाँ ४५ किलोवाट ब्याट्री क्षमता भएको यस सीयुभी (क्रसओभर युटिलिटी भेहिकल) नवीन प्रविधि, आकर्षक डिजाइन, उच्च कार्यकौशलता एवं अत्याधुनिक आरामदायी सुविधाहरुले सम्पन्न रहेको कम्पनीले जनाएको छ ।

नेक्सन केथ्री.इभीको सुरुवाती मूल्य ४८.९९ लाख रुपैयाँ रहेको छ। साथै, सुरुवाती अफरमा ग्राहकहरुलाई ७.२ किलोवाटको एसी फास्ट चार्जर गाडीसँगै निःशुल्क उपलब्ध गराइनेछ ।

कार्यक्रममा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले ग्राहकहरुको विश्वासलाई आत्मसाथ गर्दै नेपालको इभी इको सिस्टममा लगानी गरेको बताए । सिप्रदी र टाटा मोटर्स बिचको सहकार्यमा पहिलो पटक विद्धुतीय गाडी नेक्सन इभी प्राइम २०२१ मा नेपालमा विक्रीरवितरण सुरु गरिएको स्मरण गर्दै उनले भने, अहिले हामी गर्वका साथ भन्न सक्छौ कि सिप्रदीले नेपालको सबैभन्दा ठूलो इभी इको सिस्टम, जसमा १८५ भन्दा बढी चार्जिङ स्टेशन, १६ भन्दा बढी सर्भिस सेन्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ। आइतबारबाट बुकिङ्ग सुरु भएको नेक्सन केथ्री।इभीको बिक्रीसँगै, र बिक्री पश्चात्को सेवालाई पनि उत्तिकै ध्यान राख्ने छौं ।’

यस्तै, टाटा प्यासेन्जर अन्तर्गतको इलेक्ट्रीक मोबिलिटी लिमिटेडका अन्तर्राष्ट्रिय व्यापार प्रमुख यश खंडेलवालले नेपालभर ३,००० भन्दा बढी सन्तुष्ट ग्राहकहरूको साथ नेक्सन केथ्री इभीले नेपाली बजारमा आफ्नो विशिष्ट छवि बनाएको बताए ।
प्रविधि, डिजाइन, आराम एवं सुरक्षाको नयाँ मानक स्थापित गरेको यस गाडीले ग्राहकहरुको यात्रा अनुभवलाई नयाँ उचाईमा पुर्याउने उनको विश्वास छ ।

यस्तो छ गाडीको फिचरः

४५ किलोवाट ब्याट्री प्याकले सुसज्जित नेक्सन केथ्री.इभीले नेपाली बाटोमा ३२५ किमिको रेन्ज दिनेछ । यस्तै, ब्याट्री प्याक र मोटरमा ८ वर्ष वा १,६०,००० कि.मि. (जुन पहिले आउँछ) वारेन्टी सुनिश्चित गरिएको छ । ठूलो पानारोमिक सनरुफ, आधुनिक ड्यासबोर्ड, ३६० डिग्री क्यामेरा रहेको छ भने नेक्सन केथ्री।इभीमा १९० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स, ३५० लिटरको बुट स्पेस रहेको छ ।