२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यापारमा सुधारका लागि दिएको मौका दुरुपयोग गरे कानुनी कारवाही गरिन्छः उपप्रमुख डंगोल



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले बजार अनुगमनका क्रममा सुधारको मौका प्रदान गरिएका व्यवसायीले तोकिएको समयमा मापदण्ड पुरा नगरे कानुनी कारवाही गरिने बताएकी छिन् । अनुगमनमा खटिएका अधिकारीहरुसँग कुरा गर्दै उपप्रमुख डंगोलले यस्तो बताएकी हुन् ।

उपप्रमुख डंगोलले कृषि तथा पशुपन्छी विभागका प्रमुख एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपाने, खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका विज्ञ सल्लाहकार जीवनप्रभा लामा, कार्यक्रमका सल्लाहकार सन्तोष गिरीसहित अनुगमनमा खटिएका अधिकारीहरुसँग छलफल गरकी थिईन् ।

महानगरपालिकाले अनुगमनका क्रममा बजारबाट विक्री गरिने खाद्य सेवाका बस्तुको ढुवानी, भण्डारण, प्रशोधन, खाद्य बस्तुको उत्पादन, पकाइएको खानेकुराको भण्डारण, भण्डारणको अवधि र विधि, व्यवसायका सही र गलत प्रयोग, गलत प्रयोगबाट हुने नोक्सानी, खानेकुरा सुरक्षाका जोखिम, प्रदूषणको रोकथाम, स्वच्छता र सरसफाइमा तोकिएका मापदण्ड पूरा गर्न प्रोत्साहन गर्दै आईरहेको छ ।

यस्तै खाद्यान्न (दाल, चामल, तरकारी, फलफुल, विस्कुट, चाउचाउ, भुजिया) जस्ता खाद्यान्नको उत्पादन मिति, उपभोग्य मिति, म्याद सकिएको सामग्री राख्ने छुट्टै कक्षको व्यवस्थालगायत स्वच्छ बजारका लागि सिप सिकाउदै आईरहेको छ ।