९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’

श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै

श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै
अ अ+ अ-

सुदूरपश्चिम । मानवसेवा आश्रमको पहलमा यही माघ २३ गतेदेखि धनगढीमा श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजना हुने भएको छ ।

मानवसेवा प्रवर्द्धन महाअभियानको नेतृत्व गर्दै आएको मानवसेवा आश्रमले आज पत्रकार सम्मेलन गरी धनगढी उपमहानगरपालिका–१५ मा आश्रमको आफ्नै भवन निर्माणमा आर्थिक सहयोग जुटाउन उक्त महायज्ञ गर्न लागिएको जानकारी दिएको हो ।

बेसहारा (सडक) मानवलाई सेवा प्रदान गर्न, धनगढी क्षेत्रसहित समग्र सुदूरपश्चिम प्रदेशलाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त बनाउन, ज्येष्ठ नागरिकहरूका लागि मनोरञ्जन केन्द्र स्थापना गर्न, मानवता अध्ययन केन्द्र स्थापनालगायत मुख्य उद्देश्य राखी महायज्ञ गर्न लागिएको महायज्ञ मूल आयोजक समितिका संयोजक मदनबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँले महायज्ञ सफल बनाएर मानवताको सेवामा जुट्न सबैलाई आग्रह गर्नुभयो ।

मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले मानवता प्रवर्द्धन अभियानमा सहयोग गर्न सबैलाई आह्वान गर्नुभयो । यही माघ ३० गतेसम्म हुने सञ्चालन हुने महायज्ञमा कमलनयन गौतमबाट श्रीमद्भागवत कथावाचन हुनेछ ।

भजनकीर्तन, योग शिविर, विद्यार्थीमाझ सकारात्मक सोच र मानवता प्रवर्द्धन एवं व्यावहारिक शैक्षिक ज्ञानसम्बन्धी कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ । महयज्ञमा तुलादान, पितृ उद्धार, धान्याञ्चल, पञ्चायन पूजा, लक्षवर्तिका, ग्रहशान्ति, ८४ पूजालगायत गतिविधि पनि गर्न लागिएको छ ।

हालसम्म आश्रमले आफ्नो लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने केही नभएका ११ हजार एक सय सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा अति कमजोर र अनाथ मानव)को उद्धार गरेको छ । यीमध्ये पाँच हजार जतिको सामुदायिक तथा पारिवारिक पुनर्मिलन गराएको छ । हाल यो आश्रमका विभिन्न जिल्लाका शाखामा झन्डै दुई हजारले सहारा लिइरहेका छन् ।

सुदूरपश्चिम प्रदेशको हकमा धनगढीमा घर भाडामा लिई सञ्चालित आश्रमको शाखामा हालसम्म चार सय बेसहारा, असहाय, अभिभावकविहीनको उद्धार गरिसकेको छ भने हाल ८० जनाले सहारा लिइरहेका छन् ।