९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध

‘राष्ट्रिय एकतालाई मजबुद बनाउन राष्ट्रिय सेवा दल तालिम सहयोगसिद्ध’

‘राष्ट्रिय एकतालाई मजबुद बनाउन राष्ट्रिय सेवा दल तालिम सहयोगसिद्ध’
अ अ+ अ-

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले मुलुकको भौगोलिक अखण्डता र सार्वभौमसत्तालाई जगेर्ना गरी राष्ट्रिय एकतालाई थप मजबुत र बलियो बनाउन राष्ट्रिय सेवा दल तालिम सहयोगसिद्ध हुने बताउनुभएको छ ।

महोत्तरीको बर्दिबासस्थित मध्यपूर्वी तालिम शिक्षालयमा सञ्चालित सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहलाई सम्बोधन गर्दै उहाँले भविष्यमा आउन सक्ने विपद्लगायत चुनौतीको सहज रूपले सामना गर्न आ–आफ्ना तर्फबाट भूमिका खेल्न आग्रह गर्नुभयो ।

तालिममार्फत युवालाई अनुशासित, नेतृत्ववान्, बफादार र राष्ट्रप्रति समर्पित देशभक्त नागरिक उत्पादन गर्नु सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै मन्त्री राईले तालिमका क्रममा हासिल सैद्धान्तिक तथा व्यावहारिक ज्ञानबाट आर्जित नेतृत्व तथा व्यक्तित्व विकासले सामाजिक उत्तरदायित्व वहन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यसैबीच प्रधान सेनापति अशोकराज सिग्देलले नवलपरासीको हात्तिखोरस्थित मध्य तालिम शिक्षालयमा सञ्चालित तालिमको दीक्षान्त कवाज समारोहलाई सम्बोधन गर्दै फरक भौगोलिक तथा सामाजिक पृष्ठभूमिका युवामा राष्ट्रियता, राष्ट्र प्रेम र राष्ट्रिय एकताको भावना जागृत गराउन तालिम फलदायी रहँदै आएको उल्लेख गर्नुभयो ।

उहाँले तालिमका क्रममा प्राप्त ज्ञान तथा सीपलाई समाजमा स्थापित गराई समाजप्रति उत्तरदायी र उदाहरणीय युवाको पहिचान दिलाइ राख्ने हेतुले स्थापित एनसिसी अल्मुनाइ एसोसियसन नेपाललाई थप व्यवस्थित बनाउन कोसिस गरिने बताउनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

दीक्षान्त कवाज समारोहमा राष्ट्रिय सेवा दलका पूर्वकार्यकारी महानिर्देशक, रथीवृन्द तथा अधिकृत, स्थानीय निकायका प्रमुख/प्रतिनिधि, जिल्लास्थित सुरक्षा निकायका प्रमुख/प्रतिनिधि, प्रधानाध्यापक तथा अभिभावकलगायतको उपस्थिति रहेको थियो ।

दुई वटा तालिम शिक्षालयमा आयोजित दीक्षान्त कवाज समारोहबाट आज कूल एक हजार ८० जना क्याडेट छात्रछात्रा दीक्षित भएका नेपाली सेनाले जनाएको छ । यससँगै यसवर्ष सात हजार सात सय चार जना क्याडेट छात्रछात्राले राष्ट्रिय सेवा दलको सिनियर डिभिजन तथा जुनियर डिभिजन तालिम सफलतापूर्वक सम्पन्न गरेका छन् ।

विसं २०२२ सालमा स्थापित राष्ट्रिय सेवा दलबाट हालसम्म सिनियर डिभिजन तथा जुनियर डिभिजन गरी बयासी हजार एक सय चौरासी जनाले तालिम सम्पन्न गरेका छन् ।