२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतको आदेशपछि अमेरिकी अनुदान सहायता रोक्ने ट्रम्पको निर्णय स्थगित



अ+ अ-

काठमाडौं । अदालतको आदेशपछि सबै प्रकारका वैदेशिक अनुदान सहयोगमा रोक लगाउने निर्णय ह्वाइटहाउसले स्थगित गरेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी अनुदान वितरण ९० दिनका लागि स्थगित गर्ने निर्णय गरेका थिए । तर राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय कार्यान्वयन नगर्न अदालतले आदेश दिएपछि ह्वाइटहाउस पनि पछि हटेको हो ।

राष्ट्रपति ट्रम्पले २० जनवरीमा शपथ ग्रहण गरिसकेपछि विभिन्न मुलुकलाई बाँड्दै आएको अनुदान सहयोग ९० दिनसम्मका लागि स्थगित गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए । त्यसपछि सबै देशहरुमा निर्णय कार्यान्वयनका लागि पत्राचार गरिएको थियो ।

यो निर्णयले अमेरिकी सरकारको सहायतामा पर परेका लाखौं व्यक्तिहरुमा त्रास फैलिएको भन्दै जिल्ला अदालतका न्यायाधीश लोरेन अली खानको इजलासले निर्णय तत्काल यथास्थितिमा राख्न आदेश दिएको बीबीसीले जनाएको छ ।

ट्रम्पको निर्णयले विश्वभर अमेरिकाको सहयोगमा सञ्चालित स्वास्थ्य, शिक्षा र विकाससँग सम्बन्धित कयौं प्रोजेक्टहरु बन्द हुने र ती क्षेत्रमा संलग्न व्यक्तिहरुको रोजगारी पनि संकटमा पर्ने चिन्ता व्यक्त हुँदै आएको थियो ।