२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी मोर्चाले चैत्र २४ गते जनप्रदर्शन गर्ने



अ+ अ-

काठमाडौँ । समाजवादी मोर्चाले चैत्र २४ गते काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ ।

बुधवार नेकपा (एकीकृत समाजवादी)को केन्द्रिय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको केन्द्रिय संयोजन समितिको दशौं बैठकले यस्तो निर्णय गरेको हो । बैठकले चैत्र पहिलो हप्ता मधेसमा जन प्रदर्शनसहितको कार्यक्रम गर्ने निर्णय भएको पनि नेकपाका नेता खड्गबहादुर विश्वकर्माले बताउनु भयो ।

उहाँकाअनुसार समाजवादी मोर्चाले फागुन अन्तिमसम्म समाजवादी मोर्चाको बारेमा जानकारी गराउने उद्देश्यले समाजवादी मोर्चा प्रकाशन गर्ने निर्णय भएको छ । त्यस्तै समाजवादी मोर्चामा मोहनविक्रम सिंहको पार्टी र अन्य पार्टीहरुसलाई भित्र्याउन छलफल अघि बढाउने निर्णय भएको बताउनु भयो ।

बैठकले वर्तमान सरकार गणतन्त्रबिरोधी रुपमा देखिएको निस्कर्ष निकालेको छ । बैठकले समाजवादी मोर्चालाई सुदृढ बनाउने, मधेस प्रदेशमा मोर्चामा सहभागी चार वटै राजनीतिक दलहरुलाई समाजवादी मोर्चा पुनःगठन गर्ने जिम्मा दिने र देशभर मोर्चा गठन गर्न बाँकी भएका ठाउँमा नेपाल समाजवादी पार्टीलाई संलग्न गरेर समाजवादी मोर्चा गठन गर्ने निर्णय भएको बताउनु भयो ।

बैठकले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग सरकारले गरेको सहमति, डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीसँग सरकारले गरेको सहमति र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीसँग सरकारले गरेको सहमति कार्यान्वयन गर्न दबाब दिने निर्णय भएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मंगलवार काठमाडौंमा गरेको कार्यक्रमको समीक्षा भएको छ । कार्यक्रम भव्य र शानदार भएको छ । त्यसले एउटा राम्रो सन्देश दिएको समीक्षाको निस्कर्ष छ । चार वटै पार्टीका साझा भावलाई महत्व दिनसके मात्रै प्रभावकारी बन्छ भन्ने हाम्रो निस्कर्ष छ । जिल्ला जिल्लामा समाजवादी मोर्चा गठन हुन बाँकी भए गठन गर्ने । गठन भइसकेका ठाउँका संरचनालाई सक्रिय बनाउने ।

नेपाल समाजवादी पार्टी सहितको देशभर बनेका प्रदेश र जिल्लाका संरचनामा यस पार्टीका सहभागितासहित पुनःगठन गर्ने । मधेस प्रदेशमा हेर्ने जिम्मा, समाजवादी मोर्चा गठन गर्ने जिम्मा चार वटै पार्टीले बाँडफाँड गरेर छिटो गर्ने । समाजवादी मोर्चालाई अझ सुदृढ गर्ने । राज्य सञ्चालकहरुको तरिका अलि बढी गणतन्त्रबिरोधी रुपमा देखिएको जस्तो छ ।

हामीसँग भएका सहमति कार्यान्वयन गर्न देशभरका समस्याका सम्बन्धमा जनप्रदर्शनसहितको बिरोध सभा गर्ने । त्यो चैत्र २४ गते हुनेछ । चैत्र पहिलो हप्ता मधेसमा जनसभा गर्ने । समाजवादी मोर्चा प्रकाशन गर्ने, फागुन अन्तिसम्ममा । सबै प्रदेशमा जन सभा कार्यक्रम गर्ने । समाजवादी मोर्चालाई फराकिलो बनाउने सन्दर्भमा मोहन विक्रमसँग कुरा गर्ने र साथै अन्य पार्टीहरुसँग कुरा गर्ने ।’

बैठकले मंगलवार मोर्चाले गरेको कार्यक्रमको समीक्षा गर्दै कार्यक्र म भव्य भएको निस्कर्ष निकालेको छ ।